नेपाल नाई ट्रेड युनियनले सरकारविरूद्ध प्रदर्शन गरेको छ।
मंगलबार युनियनमा आवद्धहरूले कैंची र काइयो लिएर प्रदर्शनमा उत्रेका हुन्।
लकडाउनमा आफूहरू मारमा परेको भन्दै उनीहरूले विभिन्न प्लेकार्ड बोकेर र माग राख्दै सरकारविरूद्ध माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन्।
देशभरका सम्पूर्ण नाई श्रमिकहरूलाई तुरुन्तै राहतको व्यवस्था, लकडाउन अवधिभर नाई श्रमिकहरूको बैंक ब्याज मिनाहा, लकडाउन अवधिभर नाई श्रमिकहरूको पसल भाडा, कोठा भाडा पूर्ण रूपमा मिनाहा, श्रमिकहरूलाई मासिक २५ हजार व्यवस्था लगायत माग राख्दै उनीहरू सडकमा ओर्लेका हुन्।
तस्बिरहरू:
सबै तस्बिर : सेतोपाटी