विराटनगरस्थित कोसी अस्पतालमा मृत्यु भएका ५८ वर्षीय पुरूषको कोरोना पुष्टि भएको छ।
विराटनगर-९ निवासी उनको स्वाब परीक्षण गर्दा संक्रमण पोजेटिभ देखिएको अस्पतालका प्रवक्ता लक्ष्मीनारायण यादवले जानकारी दिए।
उनको शुक्रबार बिहान सवा नौ बजे अस्पताल ल्याउँदा-ल्याउँदै बाटोमै मृत्यु भएको थियो।
मृत्युपछि उनको कोरोना परीक्षणको लागि स्वाब पठाइएको थियो।
मृतकका आफन्तले ती पुरूषमा निमोनिया, ज्वरो, खोकी र रक्तचापको समस्या रहेको अस्पताललाई जानकारी गराएका छन्।
शुक्रबार बिहानै ललितपुरको पाटन अस्पतालमा पनि दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ। जसमा ४५ वर्षीया महिला र ४१ वर्षीय पुरूष छन्।
योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७२ पुगेको छ।