काभ्रे, मिसल्ले भुम्लु गाउँपालिका-५ जामुनी कालो भिरस्थित सडकमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
प्रदेश २-०२४ प ९१९५ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई आइतबार साँझ दुर्घटना भएको हो।
दुरंघटनामा मोटरसाइकलमा सवार भुम्लु गाउँपालिका-१ का २१ वर्षीय सुजन गजमेरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक भुम्लु गाउँपालिका-१ बस्ने २० वर्षीय सिजन गजमेरको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ।
यस्तै, भैरहवाको सियारी गाउँपालिका-३ भैसाखादरस्थित भित्री सडकमा लु२ख ५१९२ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री सोही ठाउँकी ५० वर्षीया प्रभावती केवटको आइतबार राति घटनास्थलमै मृत्यु भएको छ।
दुर्घटनामा घाइते भएका ३२ वर्षीय राकेश केवट र ३ वर्षीय अनिल केवटलाई उपचारको लागि चौराहा हस्पिटल बुटवल पठाइएको प्रहरीले जनाएको छ।