प्रहरीले झण्डै १० केजी चरेससहित दुई जनालाई पक्राउ गरेको छ।
बाग्लुङ निसिखोला गाउँपालिका–९ का २१ वर्षीय सुदीप सिंजाली मगर र बाग्लुङ बडिगाड गाँउपालिका-२ का ३० वर्षीय रेम बहादुर भुजेललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता मुकुन्द रिजालले बताए।
आरोपीले दाङको गढुवा गाउँपालिका १ धानखोलामा लागुऔषध चरेसको खरिद विक्री भइरहेको भन्ने विशेष सूचनाको आधारमा छापा मार्दा ९ केजी ९३० ग्राम चरेससहित उनीहरूलाई पक्राउ गरी अनुसन्धान थालिएको जनाइएको छ।
पक्राउ परेका दुईलाई लागुऔषध ऐन २०३३ अन्तर्गत म्याद थप गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।