नक्कली 'नो अब्जेक्सन लेटर' प्रयोग गरी विदेश जान खोज्ने एक जना पक्राउ परेका छन्।
झापा भद्रपुर नगरपालिका वडा नम्बर १५ का २४ वर्षीय सुमन राजवंशीलाई केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए।
उनले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट अर्कै व्यक्तिको नाममा जारी भएको नो अब्जेक्सन लेटरमा विवरण किर्ते गरी आफ्नो नाम राखेको पाइएको महतोले बताए।
उनी सो नो अब्जेक्सन लेटर बोकेर युक्रेन जान लागेको भन्ने सूचना ब्युरोले पाएको थियो। खबरपछि खटिएको प्रहरीको टोलीले उनलाई काठमाडौं महानगरपालिका वडा नम्बर ९ सिनामंगलबाट पक्राउ गरेको हो।
उनीमाथि थप अनुसन्धान तथा कानुनी कारबाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाएको छ।