नेपालमा थप २५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार २५५ जना संक्रमित थपिएका हुन्।
पछिल्लो २४ घण्टामा ६ हजार ४६९ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।
४ हजार ३२९ जनाको पिसिआर परीक्षण र २१४० जनाको एन्टिजेन परीक्षण गरिएको थियो।
नेपालमा हाल ६ हजार ९३१ जना सक्रिय संक्रमित छन्।
यस्तै, पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट २ जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या ११ हजार ५२६ पुगेको छ।
२५६ जना निको समेत भएको मन्त्रालयले जनाएको छ। यसैगरी कोरोनाबाट निको हुनेको दर ९७.७ प्रतिशत छ।
प्रकाशित मिति: मंगलबार, मंसिर १४, २०७८, ०६:५८:१६