काठमाडौंको धोबी खोलामा एक पुरूषको शव फेला परेको छ।
काठमाडौं महानगरपालिका वडा नम्बर ७ रातोपुल र कालोपुलबीचमा एक पुरूषको शव फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।
उनका अनुसार भक्तपुर चाङ्गुनारायण नगरपालिका वडा नम्बर ६ बस्ने २५ वर्षीय विशाल कार्की मृत फेला परेका हुन्। उनको शव आइतबार दिउँसो फेला परेको हो। उनी त्यस क्षेत्रमा फोहोर मैलामा काम गर्थे।
उनको परिवार सम्पर्क आएपछि उनको पहिचान खुलेको हो। शवको पोष्टमार्टम गर्न महराजगन्जस्थित टिचिङ अस्पतालमा लगिएको छ।
उनको मृत्यु कसरी भएको हो भन्नेबारेमा अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक मैनालीले बताए।