काठमाडौं उपत्यकामा १५१ जना संक्रमित थपिएका छन्।
जसमध्ये काठमाडौंमा १०६, भक्तपुरमा १०, ललितपुरमा ३५ गरी एक सय २५ संक्रमित थपिएका छन्।
यसैगरी काठमाडौं उपत्यकामा १९०२ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा ७९५, भक्तपुरमा ५०१ र ललितपुरमा ६०६ सक्रिय संक्रमित छन्।
देशभर पछिल्लो २४ घण्टामा थप २६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। यस अवधिमा ११ हजार ८९८ जनाको परीक्षण गरिएको थियो।
योसँगै नेपालमा पिसिआर विधिमार्फत् आठ लाख २६ हजार ९०१ जनाको कोरोना परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
हालसम्म एन्टिजेन विधिबाट ९६ हजार ११५ जनाको कोरोना परीक्षण गरिएको छ।
पछिल्लो २४ घण्टामा ३४९ जना कोरोनाबाट निको भएका छन्। योसँगै निको हुनेको सङ्ख्या आठ लाख १० हजार २७१ पुगेको छ । निको हुने दर ९८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा कोरोनाबाट एक जनाको मृत्यु भएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५८२ पुगेको छ। कोरोनाबाट हुने मृत्युदर १.४ प्रतिशत छ।
यसैगरी, पछिल्लो समय तीन लाख २९ हजार ३७१ जनाले कोरोना भाइरसविरूद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ। हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार ४८ रहेको छ।