अछाममा मिलमा सल बेरिँदा एक महिलाको मृत्यु भएको छ।
चौरपाटी गाउँपालिका-४ पायलकी ५१ वर्षीया सुन्तला बोहराको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
साँफेबगर-१ बैजनाथमा रहेको आफ्नै कुटानी पिसानी मिलमा सल बेरिएपछि मेसिनमा उनको शरीर पसेको थियो।
उक्त मेसिनमा उनको शरीरको दुई टुक्रा भएको प्रहरीले जनाएको छ।