पहिरो खस्दा अवरूद्ध बनेको नारायणगढ-मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ।
चितवनको इच्छाकामना गाउँपालका-६ चारकिलोस्थित मुग्लिन-नारायणगढ सडकखण्डमा शनिबार सवा ५ बजे पहिरो खसेको थियो। पहिरो खस्दा सडक अवरूद्ध भएको थियो।
अवरूद्ध बनेको सडक साढे ६ बजेदेखि एकतर्फी सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ।
नारायणगढ जाँदै गरेको ग ञ ख ९९०९ नम्बरको हाइस र सोही दिशा जाँदै गरेको प्र.-३-०१-०२३ च.०५३५ नम्बरको कारमाथि पहिरो खसेको थियो।
दुबै सवारीसाधनमा क्षति पुगेको छ। मानवीय क्षति नभएको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: शनिबार, जेठ १४, २०७९, ०८:५९:००