झापाको शिवसताक्षीस्थित कमल बनियानी खोलामा एक पुरूषको शव फेला परेको छ।
शव सडेको अवस्थामा बुधबार साँझपख फेला परेको हो।
खोलाको बगरमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक महेन्द्र खड्काका अनुसार शवको प्रकृति हेर्दा बाढीले बगाएर ल्याएको हुन सक्छ।
शव पहिचान हुन सक्ने अवस्थाको छैन।