बझाङमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
सुर्मा गाउँपालिका–२ रातोपडमा सडकमा काम गरेर घरतर्फ गइरहेको सु.प.प्र. ०२००१ त १३०८ नम्बरको ट्याक्टर बिहीबार राति घट्टेखोलामा दुर्घटना भएको थियाे।
साे दुर्घटनामा ट्याक्टरमा सवार २७ वर्षीय नरेश बोहराको मृत्यु भएको हो।
यस्तै दुर्घटनामा चालक विमल बोहरासहित ६ जना घाइते भएकाे प्रहरीले जनाएको छ।
ट्याक्टरको स्टेरिङले काम नगर्दा सडकबाट करिब २० मिटर तल खसेर ट्याक्टर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।
घाइतेको तत्काल उद्धार गरी जिल्ला अस्पतालमा सामान्य उपचारपछि डिस्चार्ज गरिएको डिएसपी ज्ञानबहादुर विष्टले जानकारी दिए।