हिजोआज काठमाडौंको चोभार गल्छी चर्चामा छ।
काठमाडौं उपत्यकालाई डुबानबाट जोगाउन चोभार गल्छी आसपास थुप्रिएका गेग्रान तथा ढुंगाहरू हटाउने योजना अघि सारिएपछि कीर्तिपुर र खोकनावासी आन्दोलित बनेका छन्।
राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सहरी विकास मन्त्रालयसँग समन्वय गरेर चोभारको गल्छीका 'बोल्डर्स'हरू हटाउने तयारी गरेपछि उनीहरू आन्दोलित भएका हुन्।
तर यो प्रक्रिया भने अघि बढेको छैन। सहरी विकास मन्त्रालयले नेपाली सेनासँगको सहकार्यमा चोभारको गल्छीमा थुप्रिएका गेग्रान हटाउने तयारी गरेको थियो।
चोभार गल्छी आसपासका स्थानीयहरूले हजारौं वर्षको बाढीबाट निखारिएर प्राकृतिक रूपमा बनेको गल्छीको पिँध सतहको ढुंगा निकाल्दा अस्तित्व नै संकटमा पर्ने बताएका छन्। गल्छीसँगैको ऐतिहासिक महत्त्व बोकेको मन्दिरसमेत संकटमा पर्ने उनीहरूको तर्क छ।
चोभार गल्छीबाट ढुंगाहरू हटाउने तयारीबारे थाहा पाएपछि सम्पदा अभियन्ताहरूले विरोध जनाएका छन्। अहिले उनीहरूले चोभार गल्छीमाथिको पुलमा ब्यानर टाँगेर विरोध गरेका छन्।
स्थानीयहरूले चोभार गल्छीलाई 'न्हुछिकाप' पनि भन्ने गरेका छन्।
गत वर्षको मनसुन याममा असोज १० देखि १३ गतेसम्म परेको पानीले काठमाडौंका खोला किनारका क्षेत्र डुबानमा परेको थियो।
बागमती, विष्णुमती नदीका किनारका क्षेत्र पूरै डुबानमा परेको थियो। नख्खु खोला किनारको क्षेत्रमा पनि त्यही समस्या थियो।
चोभार गल्छीनजिक पुगेपछि खोलाको बहाव साँघुरिने र खोला सतहमा रहेका ठूला ढुंगाले बग्न थप रोक्ने तर्क गर्दै सफा गर्ने प्राधिकरणको योजना थियो। स्थानीयवासीको विरोधपछि अघि बढेको छैन।
तस्बिरहरू:
-1751355023.jpeg)
-1751355023.jpeg)
-1751355021.jpeg)
-1751355021.jpeg)
-1751355020.jpeg)
-1751355020.jpeg)
-1751355018.jpeg)
-1751355018.jpeg)
-1751355017.jpeg)
-1751355017.jpeg)
-1751355016.jpeg)
-1751355016.jpeg)