१३औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले जुडोबाट पहिलो स्वर्ण जितेको छ। 
जुडोकी देविका खड्काले महिला ५२ केजीमा स्वर्ण जितेकी हुन्। 
उनले फाइनल भिडन्तमा बंगलादेशकी जेरिन ताहामिदालाई पराजित गरेकी हुन्। 
बंगलादेशी खेलाडी ३ वटा फल गरेर डिस्क्वालिफाइ भएपछि खड्काले स्वर्ण जितेकी हुन्। 
योसँंगै नेपालको स्वर्ण संख्या ४४ पुगेको छ। यो नेपालले आइतबार जितेको पहिलो स्वर्ण हो। 


