एसिसी यू–१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको उपाधिका लागि नेपाल र हङकङबीच प्रतिस्पर्धा हुने भएको छ।
सोमबार भएका सेमिफाइनल खेलमा आ-आफ्ना खेल जित्दै दुवै टिमले एकअर्काबीचको भिडन्त पक्का गरेका हुन्।
नेपालले सोमबार भएको सेमिफाइनलमा घरेलु टिम मलेसियालाई ७ विकेटले पराजित गरेको थियो। मलेसियाले दिएको ८८ रनको सामान्य लक्ष्य नेपालले १५.५ ओभरमा ३ विकेटको क्षतिमा पार गरेको थियो।
हङकङले भने सेमिफाइनलमा सिंगापुरलाई डिएल मेथडमा ५१ रनले हरायो।
फाइनल खेल भोलि मंगलबार मलेसियाको किनरारा ओभलमा हुनेछ।