इंग्ल्यान्डविरुद्धको तेस्रो एकदिवसीय खेलमा आयरल्यान्डले रोमाञ्चक जित हात पारेको छ।
यसअघिका दुई खेलमा पराजित भएको आयरल्यान्डले तेस्रो खेलमा ७ विकेटको जित हात पारेको हो।
इंग्लिस कप्तान इयान मोर्गान तथा आयरल्यान्डका पाउल स्टर्लिङ र कप्तान एन्डी बाल्बिर्नीले सहित तीन खेलाडी शतक हान्दा खेल रोमाञ्चक बनेको थियोे।
पहिले ब्याटिङ गरेको इंग्ल्यान्ड ४९.५ ओभरमा ३२८ रनमा अलआउट भयो।
मोर्गानले १०६ रन जोड्दा टम बन्टनले ५८ रन र डेभिड विलीले ५१ रन जोडे। बलिङमा आयरल्यान्डका क्रियाग योङले ३ विकेट लिए।
३२९ रनको लक्ष्य आयरल्यान्डले १ बल खेल्न बाँकी छदा ३ विकेटको क्षतिमा पूरा गर्यो। उसका लागि स्टर्लिङले १४२ रन र कप्तान एन्डीले ११३ रन जोडे। स्टर्लिङ प्लेयर अफ दि म्याच भए।
ह्यारी टेक्टर नटआउट २९ र केभिन ओ'ब्राइनले १५ बलमा नटआउट २१ रन जोडे।
आयरल्यान्डले सन् २०१५ को विश्वकपमा वेस्ट इन्डिजलाई हराएपछि पहिलो पटका ठूला प्रतिद्वन्दीलाई हराएको हो।