अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले सानदार जित हात पारेको छ। अर्जेन्टिनाले बुधबार विहान सकिएको खेलमा मेक्सिकोलाई ४–० गोलले पराजित गरेको हो।
अर्जेन्टिनाको जितमा लाउटारो मार्टिनेजले ह्याट्रिक गरे। उनले खेलको १७, २२ र ३९ मिनेटमा गोल गरेका थिए।
अर्जेन्टिनाका लागि अर्को गोल पारेडेसले ३३ मिनेटमा पेनाल्टीमार्फत गरेका थिए। अर्जेन्टिना आफ्ना स्टार खेलाडीहरु लिओनल मेसी, सर्जियो अग्युरो र एन्जल डि मारियाविना मैदान उत्रिएको थियो।
यता अर्को मैत्रीपुर्ण खेलमा ब्राजिल पराजित भएको छ। ब्राजिललाई पेरुले १–० गोलले पराजित गरेको हो। हारसँगै पाँच पटकको विश्व च्याम्पियन ब्राजिलको १७ खेलको अपराजित यात्रामा पूर्णविराम लागेको छ।
ब्राजिललाई हराउने क्रममा पेरुका अब्रामले खेलको ८५ मिनेटमा गोल गरेका थिए। जितसँगै पेरुले कोपा अमेरिका २०१९ को फाइनलमा भागेको हारको पीडा भुलाएको छ।
अन्य खेलमा अमेरिका र उरुग्वेले १–१ र कोलम्बिया र भेजेजुएलाले गोलरहित बराबरी खेलेका छन्। होन्डुरसले चिलीलाई २–१ ले, इक्वेइडरले बोलिभियालाई ३–० ले पराजित गरेका छन्।