इंग्लिस एफए कपको क्वार्टरफाइनलका खेल तालिका परिवर्तन गरिएको छ। नयाँ खेल तालिका अनुसार २८ र २८ जुनमा क्वार्टरफाइनल हुनेछन्।
जुलाई ११-१२ मा सेमिफाइनलका खेल हुनेछन् भने १ अगस्टमा फाइनल हुनेछ।
खेलहरु खाली रंगशालामा हुनेछन् भने विशेष स्वास्थ्य प्रोटोकल पालना गरिनेछ।
फुटबल संघका मुख्य कार्यकारी मार्क वुलिङघमले सबै मितिहरू सुरक्षालाई मध्यनगर गर्दै तय गरिएका हुन्। खेलका 'किक-अफ' समय भने तोक्न बाँकी छ।
कोरोना भाइरसका कारण इंग्लिस प्रिमियर लिगसँगै एफए कपका खेल स्थगित भएका थिए।
यसअघि प्रिमियर लिगको पनि खेल तालिका सार्वजनिक गरिएको थियो। प्रिमियर लिग जुन १७ देखि सुचारू गर्न प्रस्ताव गरिएको छ। लिगमा अझै ९२ खेल खेल्न बाँकी छन्।