फ्रेञ्च लिग वानमा साविक विजेता पिएसजी घरेलु मैदानमै पराजित भएको छ।
पिएसजीलाई आइतबार राति भएको खेलमा मोनाकोले २-० गोलले पराजित गरेको हो।
माउरिसियो पोचेटिनो प्रशिक्षक नियुक्त भएपछि पिएसजीले दोस्रो हार बेहोरेको हो।
पिएसजीविरुद्ध मोनाकोका सोफियन डिओपले छैटौं मिनेटमै पहिलो गोल गरे।
५१ मिनेटमा मारिपनले मोनाकोको अग्रता दोब्बर पारे।
लिगको अर्को खेलमा शीर्ष स्थानको लिलेले लोरियन्टलाई ४-१ गोलले पराजित गरेको छ।
अंक तालिकाको शीर्ष स्थानमा रहेको लिलेको २६ खेलबाट ५८ अंक छ। दोस्रो स्थानको लियोनको ५५ अंक छ।
पिएसजी ५४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ।