रियल म्याड्रिडको स्पेनिस ला लिगाको उपाधि जित्ने अभियानमा धक्का लागेको छ।
शनिबार राति भएको खेलमा रियल बेटिससँग गोलरहित बराबरीमा रोकिएसँगै रियलको उपाधि यात्रामा धक्का लागेको हो।
बराबरीपछि रियलले शीर्ष स्थानको एट्लेटिको म्याड्रिडसँग अंक बराबरी गर्ने थियो।
तर बराबरीपछि रियल शीर्ष स्थानको एट्लेटिकोभन्दा २ अंकले पछि छ।
यता तेस्रो स्थानको बार्सिलोनाको रियल भन्दा ३ अंक कम छ। तर उसले दुई खेल कम खेलेको छ।
आगामी दुवै खेलमा जित हात पारे बार्सिलोनाले रियललाई पछि पार्नेछ।
अंक तालिकामा शीर्ष स्थानको एट्लेटिकोको ३२ खेलबाट ७३ अंक छ।
दोस्रो स्थानको रियलको ३३ खेलबाट ७१ अंक छ भने तेस्रो स्थानको बार्सिलोनाको ३१ खेलबाट ६८ अंक रहेको छ।