नेपाल सुपर लिग (एनएसएल) मा विराटनगर सिटी एफसीले सानदार सुरूवात गरेको छ। आइतबार दशरथ रंगशालामा भएको खेलमा विराटनगरले धनगढी एफसीलाई ३-० गोलले पराजित गर्यो।
विराटनगरका लागि विक्रम धिमालले पहिलो गोल गरे। उनले खेलको १५ मिनेटमा सिक्स यार्डभित्रबाट गोल गरे।
पहिलो हाफमा १-० गोलले अघि रहेको विराटनगरले दोस्रो हाफमा थप दुई गोल गर्यो।
५७ मिनेटमा एडेजालाले उत्कृष्ट फिनिसिङ गर्दा विराटनगर २-० गोलले अघि बढ्यो।
सन्तोष तामाङले विराटनगरका लागि तेस्रो गोल गरे। उनले ६९ मिनेटमा गोल गरेका थिए।
एनएसएलमा आइतबार अपरान्ह साढे पाँच बजे पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसीबाट प्रतिस्पर्धा हुनेछ।
यसअघि शनिबार भएको उद्घाटन खेलमा काठमाडौं रेजर्सले ललितपुर सिटी एफसीलाई १-० गोलले हराएको थियो।