युरोपियन च्याम्पियन्स लिगमा स्पेनिस क्लब बार्सिलोनामाथि जर्मन क्लब वायर्न म्युनिखले जित हात पारेको छ।
मंगलबार राति भएको खेलमा वायर्नले ३-० को जित हात पारेको हो।
वायर्नका लागि थोमस मुलरले एक गोल गर्दा लेवान्डोस्कीले दुई गोल गरे।
मुलरले खेलको ३४ मिनेटमा गोल गर्दै वायर्नलाई अग्रता दिलाए।
लेवान्डोस्कीले ५६ र ८५ मिनेटमा गरी दुई गोल गर्दा वायर्न सहज जिततर्फ अगाडि बढेको थियो।
लेवान्डोस्कीले च्याम्पियन्स लिगमा ७४ गोल गरिसकेका छन्।
लिओनल मेसीले क्लब छाडेपछि बार्सिलोनाले पहिलो पटक उनीबिना च्याम्पियन्स लिगको खेल खेलेको हो।
समूह ‘ई’ को अर्को खेलमा डाइनामो किभ र बेन्फिकाले गोलरहित बराबरी खेलेका छन्।