एनएमबि बैंकको २५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। यहि पुस २९ गते, बुधबार कृष्ण टावर, नयाँ बानेश्वरमा संचालक समितिका अध्यक्ष पवन कुमार गोल्याणको अध्यक्षतामा सम्पन्न भएको बैंकले प्रेस विज्ञप्ती मार्फत् जानकारी दिएको छ।
कोभिड १९ को संक्रमणको जोखिमलाई ध्यानमा राख्दै शेयरधनीहरुको जानकारीका लागि भिडियो कन्फ्रेन्स (भर्चुअल) प्रविधि मार्फत अनलाइन प्रसारण गरिएको बैंकले जानकारी दिएको छ।
साधारण सभाले एनएमबि बैंकको आर्थिक वर्ष २०७६/७७ को वितरण योग्य मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको १३ प्रतिशत बोनश शेयर र ३.२ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि समेत) वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको छ।
सभाले बैंकले अधिकृत पूँजी रु.१६ अर्वबाट वृद्धि गरी रु.२० अर्व पुर्याउने प्रस्ताव पारित गरेको विज्ञप्तीमा बताइएको छ।
प्रकाशित मिति: बुधबार, पुस २९, २०७७, ११:४१:१५