ग्लोबल आइएमई बैंक लिमिटेडको १४ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। पुस २९ गते बुधबार बैंकको कर्पोरेट भवन कमलादी, काठमाडौंमा सभा सम्पन्न भएको बैंकले विज्ञप्ती मार्फत् जानकारी दिएको छ।
आर्थिक वर्ष २०७६/७७ को कुल मुनाफाबाट आफ्ना शेयर धनीहरुलाई प्रस्ताव गरेको १४ प्रतिशत बोनश शेयर र २ प्रतिशत नगद लाभांश गरी १६ प्रतिशत लाभांश दिने निर्णयलाई पारित गर्दै बैंकको १४औँ वार्षिक साधारणसभा सम्पन्न भएको हो।
बोनश शेयर वितरण पश्चात बैंकको चुक्ता पुँजी २१ अर्ब ६३ करोड रुपैयाँ पुग्ने विज्ञप्तीमा उल्लेख गरिएको छ। हाल बैंकले २ खर्ब ४९ अर्ब रुपैयाँ भन्दा बढी निक्षेप संकलन गर्नुका साथै २ खर्ब १३ अर्ब रुपैयाँभन्दा बढी कर्जा लगानी गरेको बैंकले जानकारी दिएको छ।
आजै सभाले सञ्चालक समितिको अध्यक्षमा चन्द्रप्रसाद ढकाल निर्विरोध निर्वाचित गरेको छ। साथै चन्द्रप्रसाद ढकालको अध्यक्षतामा बैंकको नयाँ सञ्चालक समितिको समेत निर्वाचन गरेको छ।
नव निर्वाचित अध्यक्ष ढकाललाई आजै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पद तथा गोपनीयताको सपथ ग्रहणसमेत गराएको विज्ञप्तीमा उल्लेख छ।