अन्तर्राष्ट्रिय श्रम सम्मेलनको १०८ औँ अधिवेशनलाई रोजगारदाता परिषदका सभापति एवं उपाध्यक्ष चन्द्रप्रसाद ढकालले संबोधन गरेका छन्।
ढकालले स्वीजरल्याण्डको जेनेभामा नेपालकोे रोजगारदाताको तर्फबाट संबोधन गरेका हुन्। आइएलओ सम्मेलन यही जेठ २७ गतेदेखि संचालन भैरहेको छ।
अन्तर्राष्ट्रिय श्रम संगठन स्थापनाको सय वर्ष पुगेको अवसरमा सभापति ढकालले अन्तर्राष्ट्रिय श्रम संगठनले श्रम क्षेत्रको विकासका लागि निरन्तर काम गर्दै आएको बताए।
श्रम सम्मेलनको सो अधिवेशनबाट कामको भविष्य विषयमा पारित हुने शतवार्षिकी घोषणा कामको भविष्य सम्बन्धि चुनौतीको सामना गर्न कोशेढुङ्गा सावित हुने सभापति ढकालले बताए।
नेपालको निजी क्षेत्रले संवाद र सहकार्यको माध्यमबाट दीगो र समावेशी आर्थिक विकासको प्रवद्र्धन गरी बढीभन्दा बढी सम्मानजनक रोजगारी सिर्जना गर्न सकिने भन्दै सामाजिक संवादको माध्यमबाट श्रम कानूनको सुधार र योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू गर्न सफल भएको उनको भनाइ छ।
नेपाल, भारत र चीन प्रतिफलका दृष्टिले अत्यन्तै ठूलो सम्भावना भएका क्षेत्र भएको उल्लेख गर्दै सभापति ढकालले नेपालमा लगानी गर्न विश्वका लगानीकर्ताहरूलाई आग्रह गरे।