नेपालमा थप २६ जनामा कोरोना संक्रमण देखिएको छ।
आज एकैदिन ८३ जना कोरोना भाइरसका संक्रमित थपिएका हुन्।
स्वास्थ्य मन्त्रालयका अनुसार पर्सा, महोत्तरी, धनुषा, भक्तपुर, काठमाडौंर सर्लाहीमा संक्रमित भेटिएका हुन्। जसमध्ये महोत्तरीमा २, धनुषामा २, भक्तपुरमा २, काठमाडौंमा १ जना, पर्सामा १८ र सर्लाहीमा एक जना नयाँ संक्रमित भेटिएका हुन्।
पर्साका २२, २८, २८, ३२, ४५ र ६० वर्षका महिला र १६, २२, २४, २५, २५, २८, २८, ३२, ५९, ५५, ६१,६१ वर्षका पुरूष रहेका छन् भने महोत्तरीका १६ र ३५ वर्षका पुुरूष रहेका छन्। त्यसैगरी, धनुषाकी २० महिला र ४० वर्षका पुरूष रहेका छन्। त्यस्तै काठमाडौंकी ३३ वर्षीया महिला र सर्लाहीका ४५ वर्षीय पुरूष रहेका छन् भने भक्तपुरका २५ वर्षीय महिला र २७ वर्षीय पुरूष रहेका छन्।
मन्त्रालयका अनुसार उनीहरू सबैको स्वास्थ्य अवस्था सामान्य छ।
योसँगै नेपालमा कोरोनाभाइरसका संक्रमित २१७ पुगेका छन्। तीमध्ये ३४ जना उपचार गरी घर फर्किएका छन्।
उपचार गरेर घर गएका तीन जनामा फेरि कोरोना भाइरसको संक्रमण देखिएपछि उनीहरू अहिले अस्पतालमा उपचार गरिरहेका छन्।
यसअघि सोमबारमात्र २४ जना कोरोना संक्रमित थपिएका थिए। पछिल्ला तीन दिन लगातार कोरोनाभाइरसका संक्रमित थपिरहेका छन्।