महोत्तरीको औरही नगरपालिका–८ टिम्किया गाउँको भित्री सडकमा आज साँझ टिपरले ठक्कर दिँदा एक बालिकाको मृत्यु भएको छ।
मृत्यु हुनेमा औरही–८ बस्ने नागेन्द्र बैठाकी छोरी १२ वर्षीया रोशनी रहेको प्रहरी उपरीक्षक टीकाबहादुर केसीले बताए।
गाउँको भित्री सडकमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना ७ ख ४७३९ नंको टिपरले बाटो छेउमै खेलिरहेको बालिकालाई ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको हो।
घटनापश्चात् प्रहरीले टिपर र चालकलाई नियन्त्रणमा लिएको छ भने मृतक बालिकाको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वर पठाउने तयारी गरिरहेको जनाइएको छ।