प्रहरीले काठमाडौंबाट लागु औषधसहित ५ जनालाई पक्राउ गरेको छ।
शुक्रबार काठमाडौं बुढानिलकण्ठ नगरपालिका- १२ का २९ वर्षीय दिनेस चालिसे, नवलपरासी रामग्राम नगरपालिका-४ का ३७ वर्षीय सतेन्द्रबहादुर भट्ट, सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिका-२ का २४ वर्षीया आयुषा श्रेष्ठ,
सप्तरी विष्णुपुर गाउँपालिका-४ का ३२ वर्षीय प्रकाश यादव र ललितपुर ललितपुर महानगरपालिका- ५ का ३३ वर्षीय सुब्रत अधिकारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहोराले जानकारी दिए।
उनका अनुसार लागु औषधको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त मालिगाउँबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई ज्ञानेश्वरबाट पक्राउ गरेको हो।
उनीहरूको साथबाट ६५.९३ ग्राम लागु औषध कोकिन जस्तो देखिने धुलो पदार्थ, पाँचवटा मोबाइल, एउटा इलेक्ट्रिक तराजु, एउटा स्कुटर र.३९ हजार रुपैयाँ लगायत फेला परेको थियो। फेला परेको सामानहरू प्रहरीले बरामद गरेको जनाएको छ।