जारी क्रिकेट विश्वकपमा आज मंगलबार भारत र न्युजिल्याण्डले पहिलो सेमिफाइनल खेल खेल्दैछन्। यी दुईको खेलमा दुबै देशको दाउ एकअर्कालाई हराउँदै फाइनलमा प्रवेश गर्नु हुनेछ।
त्यसैगरी आजको खेल व्यक्तिगत हिसाबले भारतीय ब्याटस्म्यान रोहित शर्माका लागि विशेष हुनेछ। आजको खेलमा केहि कीर्तिमान भंग गर्ने अवसरहरू उनलाई उपलब्ध हुनेछ।
जारी विश्वकपमा रोहित सर्वाधिक शतक र अर्ध शतक बनाउने खेलाडी हुन्। यस प्रतियोगितामा उनले कुल ८ खेलबाट ६४७ रन बनाइसकेका छन् जसमा ५ शतक सामेल छन्। उनले बनाएको ५ शतक विश्व कीर्तिमान पनि हो।
आजको खेलमा रोहितले २७ बनाए, उनले एक विश्वकपमा सर्वाधिक रन बनाउने खेलाडीको कीर्तिमान बनाउनेछन्। हाल यो कीर्तिमान सचिन तेन्तुलकरको नाममा छ। सचिनले सन् २००३ मा दक्षिण अफ्रिकामा खेलिएको विश्वकपमा ११ म्याचबाट ६७३ खेलबाट ६७३ रन जोडेका थिए।
यसैगरी आज रोहितको ब्याटिङ अघिल्ला खेलहरूमा जस्तै चम्केमा उनले सचिनको नाममा रहेको सर्वाधिक धेरै ६ शतक बनाएको कीर्तिमान पनि रोहितले बराबरी गर्ने अनुमान गरिएको छ।
सचिनले विभिन्न विश्वकपमा गरी खेलेका ४५ खेलबाट २ हजार २ सय ७८ रन बनाएका छन्।
रोहितले हालसम्म विश्वकपमा १६ खेल खेलेका छन् जसबाट उनले ६ शतक बनाएका छन्। यदि आज उनले शतक बनाएमा त्यो विश्वकपमा उनले बनाएको सातौं शतक हुन्छ।
रोहितले एकै विश्वकपमा सर्वाधिक ५ शतकको कीर्तिमान आफ्नो नाममा पहिले नै गरिसकेका छन। यी पाँचै शतक यहि विश्वकपमा बनाइएको यो। उनी अघि यो कीर्तिमान श्रीलंकाका कुमार संगकाराको नाममा थियो। उनले सन् २०१५ को विश्वकपमा कुल ४ शतक बनाएका थिए।
रोहितको यो दोश्रो विश्वकप हो।
उनले दुई विश्वकपमा १६ खेल खेलेर ९७७ रन बनाएका छन्। यदि आजको खेलमा उनले २३ रन जोडेको खण्डमा विश्वकपमा सबैभन्दा कम खेल खेलेर एक हजार रन बनाउने कीर्तिमान पनि आफ्नो नाममा बनाउनेछन्।
आजसम्म विश्वकपमा २१ जना ब्याटस्म्यानहरूले १ हजार रन वा सो भन्दा बढि बनाएको इतिहास छ।
आज उनलाई यस्तो गर्ने २२ औं ब्याटसम्यान बन्ने मौका छ। उनको राम्रो फर्म चलिरहेको छ। यस्तोमा आज उनले उल्लेखित कीर्तिमान बनाउने गतिलो सम्भावना रहेको छ।