काठमाडौंको बुढानिलकण्ठ नगरपालिकाको जारी मत गणनामा नेपाली कांग्रेसका विनोद चालिसे अघि लागेका छन्। मत गणनाको सुरूआतदेखि नै एमालेका मिठाराम अधिकारी अघि रहेका थिए।
चालिसले ३२९८ मत प्राप्त गर्दै अग्रता लिएका हुन्। उनका प्रतिस्पर्धी नेकपा एमालेका मिठाराम अधिकारी ३२१८ मतका साथ दोस्रो स्थानमा छन्।
तेस्रो स्थानमा नेकपा एकीकृत समाजवादीका बालकृष्ण श्रेष्ठ छन्। बालकृष्णले १४३८ मत प्राप्त गरेका छन्।
त्यस्तै, उपमेयरमा कांग्रेसकी रमिला वाग्ले र एमालेकी अनिता लामाबीच तीव्र प्रतिस्पर्धी देखिएको छ।
रमिलाले ३६७५ मत प्राप्त गरेकी छन् भने अनिताले ३६७३ मत प्राप्त गरेकी छन्।
प्रकाशित मिति: आइतबार, जेठ १, २०७९, १७:२७:००