सनराइज बैंकका ग्राहकले केएफसी र पिज्जा हटमा विशेष छुट पाउने भएका छन्। यसका लागि बैंकले देबयानी इन्टरनेशनल ९नेपाल० प्रा.लीसँग सम्झौता गरेको छ।
सम्झौतापत्रमा बैंकका नायब महाप्रबन्धक रबिन नेपाल र देबयानी इन्टरनेशनल ९नेपाल० का नायब महाप्रबन्धक – (वित्त बिभाग) रितु राज शाहबीच हस्ताक्षर भएको छ।
सम्झौतापछि बैंकका ग्राहकहरुले केएफसी र पिज्जा हटमा खाना र बेबरेज किन्दा सनराइज बैंकको क्रेडिट कार्ड र डेबिट कार्डको माध्यमबाट भुक्तानी गर्दा ५ प्रतिशत छुट पाउनेछन्।
ग्राहकहरुले केएफसी र पिज्जा हटको उपत्यका भित्र र बाहिरको १७ शाखाहरुबाट नै यस छुटको लाभ लिन सक्ने बैंकको भनाइ छ।
यो बैंकले आफ्ना ग्राहकहरुको सुबिधालाई मध्यनजर गर्दै अस्पताल, रेष्टुरेन्ट तथा विभिन्न क्षेत्रमा विशेष छुट सहितका सुबिधा दिदैँ आएको छ।