बधुवार सेयर बजार नेप्से परिसूचक ५३ दशमलव १० प्रतिशतले घटेको छ। बजार घटेसँगै कारोबार रकम पनि घटेको छ।
आज दिनभरिमा २२६ वटा कम्पनीको ६५ करोड ६० लाख ९४७ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ६६ करोड ३९ लाख ९ हजार रुपैयाँको सेयर कारोबार भएको छ।
आज ७ वटा कम्पनीको सेयर मुल्य बढेको छ भने १८१ वटा कम्पनीको घटेको छ।
आज नशेनल हाइड्रोपावर कम्पनीको सबैभन्दा धेरै कारोबार भएको छ। कम्पनीको ११ करोड ८८ लाख रुपैयाँको सेयर कारोबार भएको छ।
त्यस्तै, नेपाल टेलिकमको १० करोड ९१ लाख, हिमालयन डिस्टिलरीको ९ करोड ४६ लाख र महालक्ष्मी विकास बैंकको ९ करोड १९ लाख रुपैयाँको सेयर कारोबार भएको छ।
आज सबैभन्दा धेरै १ दशमलव १४ प्रतिशतका दरले स्ट्यान्डर्ड चार्टर्ड बैंकका लगानीकर्ताले कमाएका छन् भने ८ दशमलव ५४ प्रतिशतले सामुदायिक लुघुवित्तका लगानीकर्ताले गुमाएका छन्।