प्रभु बैंक र सेञ्चुरी कमर्सियल बैंकबीच मर्जर सम्बन्धी अन्तिम सम्झौता सम्पन्न भएको छ।
दुबै बैंकको बुधबार बसेको सञ्चालक समितिको बैंठकले मर्जरमा जान अन्तिम सम्झौता गरेका हुन्।
गत भदौ २० गते दुबै बैंकले नेपाल राष्ट्र बैंकबाट सैद्धान्तिक सहमती पाएका थिए।
उक्त सम्झौतामा प्रभु बैंकका तर्फबाट संयुक्त प्राप्ति (एक्विजिसन) समितिका संयोजक रमेश सिंह खड्का र सेञ्चुरी कमर्सियल बैंकका तर्फबाट संयुक्त एक्विजिसन समितिक सदस्य मनबहादुर राईले हस्ताक्षर गरेका हुन्।
दुबै बैंकले १:१ अनुपातमा गाभ्ने गाभिने सम्झौता गरेका हुन्। मर्जरपछि प्रभु बैंकको नाममा एकीकृत कारोबार हुने बताइएको छ।
हाल प्रभु बैंकको चुक्ता पुँजी १२ अर्ब ७० करोड रुपैयाँ छ भने सेन्चुरी बैंकको चुक्ता पुँजी ९ अर्ब ५५ करोड रुपैयाँ छ।
प्रकाशित मिति: बिहीबार, मंसिर २२, २०७९, ०५:२७:४८