नेपाली कांग्रेसका नेता तथा वडा अध्यक्ष कृष्णप्रसाद खड्गी चन्द्रागिरि नगरपालिकाकाे प्रवक्तामा सर्वसम्मत चयन भएका छन्।
चन्द्रागिरि नगरपालिकाकाे कार्यपालिकाबाट उनले सर्वसम्मत रूपमा प्रवक्ताकाे जिम्मेवारी पाएका हुन्। नगर प्रमुख घनश्याम गिरीले प्रवक्ता खड्गी प्रवक्तामा सर्वसम्मत भएकाे बताए।
प्रवक्ता खड्गी २०७४ मा चन्द्रागिरि वडा नम्बर ४ थानकोटबाट निर्वाचित जनप्रतिनिधि हुन्। उनले गत वैशाखमा भएको स्थानीय तहको चुनावमा समेत जनप्रिय मत प्राप्त गरी विजयी भएका थिए।
नगर प्रवक्ता खड्गीले नगरपालिकाकाे सुशासन र नगरकाे विकास निर्माण कार्यमा प्रमुख भूमिका निभाउन आफू लाग्ने बताए।
उनले भने, ‘समग्र चन्द्रागिरिकाे विकास रूपान्तरणमा सक्रिय जनसहभागिता, दक्ष र क्रियाशील युवासहित हामीले चन्द्रागिरिलाई नेपालकै नमूना नगरपालिका बनाउन लाग्छाैं।’