बच्चा, युवा र बुढ्यौली उमेरका मानिसलाई घुँडा दुख्ने समस्या देखिने गर्छ।
बच्चाहरू धेरै दौडन्छन्, खेल्छन्। उनीहरूमा पनि घुँडा दुख्ने समस्या देखिन्छ। कुनै चोटपटक लागेमा पनि घुँडा दुख्छ। कतिपय युवाहरू पनि घुँडा दुख्ने समस्याबाट पीडित हुन्छन्। उमेर बढ्दै गएपछि घुँडा खिएर दुखाइ हुन्छ।
टुक्रुक्क भुइँमा बस्ने, पलेटी कसेर बस्ने, बारम्बार भर्याङ चढ्ने र ओर्लने गर्नेहरूको पनि घुँडा दुख्छ। पहाडी भेगमा बसोबास गर्ने मानिसहरूमा पनि घुँडा दुख्ने समस्या धेरै देखिन्छ। यस्तै तराई क्षेत्रमा बसोबास गर्ने मानिसहरूको घुँडा कम खिइने पाइएको छ।
घुँडामा चोट लाग्यो र समयमै उपचार गरिएन भने पनि दुख्ने समस्या देखिन्छ। घुँडा खिइएर दुख्ने गर्छ। मानिस ४०/५० वर्ष उमेरमा पुगेपछि प्राय घुँडा खिइन थाल्छ। तर कसैको भने ६०/६५ वर्ष उमेरमा पनि घुँडा खिइएको हुँदैन। घुँडाको प्रयोग कसरी भइरहेको छ भन्ने परिवेशले पनि घुँडा दुख्ने वा नदुख्ने निर्धारण हुने गर्छ।
घुँडा दुख्नुको कारण सबैभन्दा धेरै घुँडा खिएर नै हो। बाथ रोग र युरिक एसिडले पनि घुँडा दुखाउँछ। तर यो मुख्य कारण भने होइन। घुँडा दुख्नबाट जोगाउन यसको वरपरको मासु बलियो बनाउने हो। घुँडा दुखेमा बच्चाहरूलाई आराम गर्न लगाउनुपर्छ।औषधि खुवाउने हो भने पानी पनि धेरै खुवाउनुपर्छ।
उमेर बढ्दै गएपछि धेरै मानिसमा घुँडा दुख्ने समस्या देखिन्छ। चोट लाग्न सक्ने भएकोले जोगिनुपर्छ। कुनै चोटपटक लागेमा उपचार गर्नुपर्छ। टुक्रुक्क बस्न पनि हुँदैन।
घुँडाको दुखाइ बढ्दै गयो भने परीक्षण गर्नुपर्छ। घुँडा खिएको देखिएमा औषधि सेवन गर्नुपर्छ। तर औषधिले निको भएन भने प्रत्यारोपणसमेत गर्नुपर्ने हुन सक्छ।
हेर्नुस् भिडिओ:
प्रकाशित मिति: शनिबार, चैत १८, २०७९, १८:०२:००