नेपालमा पर्यटन प्रवद्र्धनका लागि हिमालयन बैंक, पर्यटन बोर्ड र अमेरिकन एक्सप्रेसबीच सम्झौता भएको छ।
यस अभियानको मुख्य उद्येश्य अमेरिकन एक्सप्रेस कार्ड प्रयोगकर्ता बिदेशी पर्यटकलाई नेपाल भ्रमण गराउन र यहाँको मौलिकता, बिबिधता र प्रकृतिक सौन्दर्यको अनुभूति गर्न अभिप्रेरित गर्ने रहेको बैंकले जानकारी दिएको छ।
बैंकका अनुसार यो अभियान अवधिमा नेपाल घुम्न आउने अमेरिकन एक्सप्रेस कार्ड भएका पर्यटकले नेपालमा बिभिन्न सुबिधाका साथै बैंकको ८० भन्दा बढी मर्चेन्ट पार्टनरहरु जसमा होटल, रेष्टुरेन्ट, साहसिक खेल, स्थानीय कलाकृति खरिदमा विशेष छुट प्राप्त गर्न सकिने छ।
यो ‘एक्सपेरियन्स नेपाल’ अभियान जुन सम्म चल्ने छ। अमेरिकन एक्सप्रेसका दिव्य जैनले यो अभियानबाट अमेरिकन एक्सप्रेस कार्ड प्रयोगकर्तालाई नेपाल घुम्न उत्प्रेरित गर्ने बताए।