सिद्धार्थ बैंकले शुक्रबार सिन्धुलीको गोलन्जोर र जुम्ला जिल्लामा नयाँ शाखा खोलेको छ।
बैंकको गोलन्जोर शाखाको उद्घाटन गोलन्जोर गाउँपालिकाका अध्यक्ष पुष्पबहादुर कार्की र जुम्ला शाखाको उद्घाटन चन्दननाथ नगरपालिकाका मेयर मतीकान्तिका सेजुवाल र जुम्ला जिल्ला समन्वय समितिका अध्यक्ष लालबहादुर सार्कीले गरे।
बैंकले देशभर १५६ वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), १०० शाखारहित बैंकिङ्ग सेवा, १६९ एटिएम र १३ सय बढी पियोएस मेसिनमार्फत् बैैकिङ्ग कारोबार गर्दै आएको छ ।