दुई दिन लगातार घटेको सेयर आज बिहीबार बढेको छ। नेप्से परिसूचक ३३.३ अंकले बढेर २९३१.३४ विन्दुमा पुगेको छ।
दिनभरमा २२९ कम्पनीको १ करोड ५९ लाख ८९ हजार ७४४ सेयर किनबेच हुँदा ५ अर्ब ७७ करोड ३१ लाख २० हजार ४०९ रुपैयाँ १९ पैसाको कारोबार भएको छ।
कारोबार भएका कुल कम्पनीमध्ये १६० कम्पनीहरूको मूल्य बढेको छ भने २५ कम्पनीको मूल्य घटेको छ। त्यस्तै, बाँकी ५ कम्पनीको मूल्य स्थिर छ।
बिहीबार मैलुङ खोला जलविद्युत कम्पनी र तेर्ह्रथुम पावर कम्पनीको मूल्य १० प्रतिशत बढेको छ। त्यस्तै, बुद्ध भूमी नेपाल हाइड्रोपावर कम्पनीको मूल्य ९.९७ प्रतिशतले बढेको छ।
नेपाल स्टक एक्सचेन्जकाअनुसार बिहिबार आइएमई जेनरल इन्स्योरेन्सको सबैभन्दा धेरै सेयर कारोबार भएको छ। कम्पनीको २२ करोड २० लाख ५३ हजार ४१६ रुपैयाँ ३० पैसाको कारोबार भएको हो।
यसपछि, अपि पावरको १८ करोड ६७ लाख ६५ हजार ६२७ रुपैयाँ ५० पैसा, शिखर आइएमईको १७ करोड ६७ लाख ६५ हजार ६२७ रुपैयाँ ५० पैसा, अरुन भ्याली हाइड्रोपावरको १६ करोड १० लाख ९० हजार १६८ रुपैयाँ ८० पैसा र एनटिसीको १५ करोड ६७ लाख ५३ हजार २५९ रुपैयाँ २० पैसाको कारोबार भएको छ।
प्रकाशित मिति: बिहीबार, माघ ६, २०७८, ०५:२६:०२