बैंकहरुको नाफा बढ्दै जाँदा सामान्यतः प्रतिसेयर आम्दानी पनि सोही आधारमा बढ्दै जान्छ। नाफा र प्रतिसेयर आम्दानीबीच सकारात्मक सम्वन्ध रहने गरे पनि यतिबेला यो सिद्धान्त उल्टो देखिएको छ। अर्थात बैंकहरुको नाफा बढे पनि प्रतिसेयर आम्दानी भने घट्न गएको छ। यसको प्रमुख कारण कम्पनीहरुले छोटो समयमै ठूलो रकममा चुक्ता पुँजी बढाउनुपर्ने वाध्यता रहेको सिभिल बैंकका सिइओ गोविन्द गुरुङ बताउँछन्।
गुरुङ भन्छन् ‘छोटो समयमै जुन दरमा चुक्ता पुँजी बढाउनुपर्ने वाध्यता भयो, त्यसले गर्दा सेयर संख्या धेरै बढ्यो, तर नाफा एकैपटक त्यही दरमा बढ्न सक्ने भएन, यसको असर प्रतिसेयर आम्दानीमा परेको हो।’
पुँजी पुर्याउनकै लागि ठूलो परिमाणमा हकप्रद जारी गर्ने बैंकहरुको प्रतिसेयर आम्दानीमा झन् ठूलो गिरावट देखिन्छ। सिद्धार्थ, कृषि विकास, सानिमा, सिटिजन्स, नेपाल बंगलादेश, एभरेष्ट, कुमारी, सेन्चुरी कमर्सियल र जनता बैंकको उच्च दरले घटेको प्रतिसेयर आम्दानीले त्यही कुरालाई प्रष्ट पार्दछ।  हकप्रद जारी नगरेका बैंकहरुले भने प्रतिसेयर आम्दानीलाई धेरै हदसम्म सन्तुलनमा राख्न सफल भएका छन्। ग्लोबल आइएमई, नेपाल इन्भेष्टमेन्ट, नविल बैंक त्यसैका उदाहरण हुन्। तिमध्ये ग्लोबल आइएमईको प्रतिसेयर आम्दानी बढेको छ भने नविल र इन्भेष्टमेन्टको गिरावट अन्तर न्यून छ। कतिपयले हकप्रद जारी भएर पनि त्यसको हिसाव चौथो त्रैमासको विवरणमा राख्न भ्याएनन्। प्रभु र सिभिल बैंक ४० प्रतिशत हकप्रदका लागि धितोपत्र बोर्डको पाइपलाइनमा छन्। मेगा बैंकले ६५ प्रतिशत हकप्रद जारी गर्न हालै स्वीकृति पाएको छ। ८ अर्ब पुर्याउँदा ति कम्पनीको प्रतिसेयर आम्दानी अझ खस्किने छ।
पुँजी वृद्धिपछि बैंकहरुको व्यवसाय ५ देखि ३० प्रतिशत सम्म मात्रै बढेको बताउँदै गुरुङले पुँजी वृद्धिपछि आगामी दिनमा प्रतिसेयर आम्दानी पनि क्रमिक रुपमा बढ्दै जाने उल्लेख गरे। ‘पुँजी बढेपछि व्यवसाय पनि बढ्न जान्छ, यसले आगामी दिनहरुमा प्रतिसेयर आम्दानी अवश्य बढ्नेछ, यो वर्ष व्यवसायको वृद्धिभन्दा पुँजी वृद्धिदर ठूलो हुन पुग्यो र प्रतिसेयर आम्दानी घट्यो’ उनले भने।
गत वर्ष कुमारीबाहेक सबैको नाफा बढेको छ, भने पाँच बैंकबाहेक सबैको प्रतिसेयर आम्दानी घटेको छ। प्रतिसेयर आम्दानी बढ्ने केहीले पुँजी वृद्धिलाई नसमेट्दा त्यसो असर परेको हो।
हेर्नुहोस् गत आव (२०७३/७४) र अघिल्लो आव (२०७२/७३) को चौथो त्रैमासम्म बैंकहरुको नाफा
बैंक | 
गत आवको खुद नाफा | 
अघिल्लो आवको नाफा | 
नबिल बैंक | 
३ अर्ब ६२ करोड | 
२ अर्ब ८१ करोड | 
नेपाल इन्भेष्टमेन्ट बैंक | 
३ अर्ब १६ करोड | 
२ अर्ब ५५ करोड | 
नेपाल बैंक | 
३ अर्ब २१ करोड | 
२ अर्ब ८८ करोड | 
कृषि विकास बैंक | 
२ अर्ब ७७ करोड | 
२ अर्ब ४६ करोड | 
स्टाण्डर्ड चार्टड बैंक | 
१ अर्ब ३८ करोड | 
१ अर्ब २९ करोड | 
ग्लोबल आइएमई बैंक | 
२ अर्ब ३ करोड | 
१ अर्ब ३८ करोड | 
एभरेष्ट बैंक | 
१ अर्ब ९८ करोड | 
१ अर्ब ७३ करोड | 
नेपाल एसबिआई बैंक | 
१ अर्ब ५२ करोड | 
१ अर्ब ३३ करोड | 
हिमालयन बैंक | 
२ अर्ब १७ करोड | 
१ अर्ब ९३ करोड | 
सिद्धार्थ बैंक | 
१ अर्ब ४२ करोड | 
१ अर्ब २५ करोड | 
एनआइसी एसिया बैंक | 
१ अर्ब ४६ करोड | 
१ अर्ब ६ करोड | 
एनएमबि बैंक | 
१ अर्ब ५१ करोड | 
१ अर्ब ११ करोड | 
सानिमा बैंक | 
१ अर्ब ३० करोड | 
९९ करोड ६० लाख | 
सिटिजन्स बैंक | 
१ अर्ब २१ करोड | 
१ अर्ब ८ करोड | 
नेपाल बंगलादेश बैंक | 
१ अर्ब २० करोड | 
१ अर्ब १९ करोड | 
सनराइज बैंक | 
१ अर्ब १६ करोड | 
९५ करोड १३ लाख | 
लक्ष्मी बैंक | 
१ अर्ब २४ लाख | 
६७ करोड ७१ लाख | 
माछापुच्छ्रे बैंक | 
१ अर्ब ३० करोड | 
८९ करोड ८२ लाख | 
बैंक अफ काठमाण्डु लुम्बिनी | 
१ अर्ब २३ करोड | 
६५ करोड ५२ लाख | 
प्रभु बैंक | 
१ अर्ब ७५ करोड | 
१ अर्ब १४ करोड | 
मेगा बैंक | 
७९ करोड १४ लाख | 
५५ करोड १० लाख | 
कुमारी बैंक | 
७० करोड ३ लाख | 
७१ करोड ६ लाख | 
सेन्चुरी कमर्सियल बैंक | 
४४ करोड ७४ लाख | 
४१ करोड ३५ लाख | 
प्राइम कमर्सियल बैंक | 
१ अर्ब ४८ करोड | 
१ अर्ब ११ करोड | 
एनसीसी बैंक | 
१ अर्ब ३२ करोड | 
७० करोड ७८ लाख | 
सिभिल बैंक | 
३३ करोड ८१ लाख | 
३३ करोड १४ लाख | 
जनता बैंक | 
६४ करोड १८ लाख | 
१३ करोड ३६ लाख | 
बैंकहरुले निकाल्ने वित्तीय विवरणमा लगानीकर्ताले नाफाभन्दा पनि प्रतिसेयर आम्दानीमा सबैभन्दा धेरै चासो दिने गरेको पाइन्छ। आफ्नो लगानीअनुसार प्रतिफल दिन सक्ने कमाई गरे नगरेको यसैबाट थाहा हुने भएकाले प्रतिसेयर आम्दानीमा चासो बढेको हो।
गत आवको वित्तीय विवरण सार्वजनिक गर्ने क्रममा प्रतिसेयर आम्दानीमा कतिपय बैंकहरुले झुक्याएका छन्। थपिएको पुँजीलाई समेत नसमेटिकन प्रतिसेयर आम्दानी देखाइँदा लगानीकर्ता झुक्किएका छन्।
यद्यपी यस्तो प्रतिसेयर आम्दानी आफैले क्याल्कुलेसन गरेर निकाल्न पनि सकिन्छ। खुद नाफालाई सूचीकृत सेयर संख्याले भाग गरेपछि वार्षिक प्रतिसेयर आम्दानी निस्किन्छ। चुक्ता पुँजीलाई पहिले १ सयले भाग गरेपछि सेयर संख्या पत्ता लगाउन सकिन्छ।
बैंकले चुक्ता पुँजी ८ अर्ब पुर्याउँदा उसको प्रतिसेयर आम्दानीमा हुन सक्ने गिरावटलाई पनि मूल्याङ्कन गर्न अहिलेको वित्तीय विवरणले सघाउ पुर्याउँछ।
गत आव (२०७३/७४) र त्यसअघिको आव (२०७२/७३) को चौथो त्रैमासिक प्रतिवेदनअनुसार बैंकहरुको प्रतिसेयर आम्दानीः
बैंक | 
गत आवमा प्रतिसेयर आम्दानी | 
अघिल्लो आवमा प्रतिसेयर आम्दानी | 
नबिल बैंक | 
५८ रुपैयाँ ५४ पैसा | 
५९ रुपैयाँ २७ पैसा | 
नेपाल इन्भेष्टमेन्ट बैंक | 
३४ रुपैयाँ २० पैसा | 
३५ रुपैयाँ १६ पैसा | 
नेपाल बैंक | 
४० रुपैयाँ ३ पैसा | 
४४ रुपैयाँ ५९ पैसा | 
कृषि विकास बैंक | 
३४ रुपैयाँ ५८ पैसा | 
४० रुपैयाँ ६० पैसा | 
स्टाण्डर्ड चार्टड बैंक | 
३४ रुपैयाँ ५० पैसा | 
४५ रुपैयाँ ९६ पैसा | 
ग्लोबल आइएमई बैंक | 
२५ रुपैयाँ २२ पैसा | 
२२ रुपैयाँ ५० पैसा | 
एभरेष्ट बैंक | 
४३ रुपैयाँ ७८ पैसा | 
६५ रुपैयाँ ९७ पैसा | 
नेपाल एसबिआई बैंक | 
३० रुपैयाँ ६२ पैसा | 
३४ रुपैयाँ २९ पैसा | 
हिमालयन बैंक | 
३३ रुपैयाँ ५३ पैसा | 
४२ रुपैयाँ ५८ पैसा | 
सिद्धार्थ बैंक | 
२१ रुपैयाँ ३९ पैसा | 
४१ रुपैयाँ १९ पैसा | 
एनआइसी एसिया बैंक | 
२२ रुपैयाँ | 
२८ रुपैयाँ | 
एनएमबि बैंक | 
२७ रुपैयाँ ६९ पैसा | 
२८ रुपैयाँ ६६ पैसा | 
सानिमा बैंक | 
१८ रुपैयाँ ८५ पैसा | 
३२ रुपैयाँ ५५ पैसा | 
सिटिजन्स बैंक | 
१७ रुपैयाँ ४८ पैसा | 
२९ रुपैयाँ ८६ पैसा | 
नेपाल बंगलादेश बैंक | 
२८ रुपैयाँ | 
३९ रुपैयाँ | 
सनराइज बैंक | 
१६ रुपैयाँ ६६ पैसा | 
२३ रुपैयाँ ९८ पैसा | 
लक्ष्मी बैंक | 
२५ रुपैयाँ ४३ पैसा | 
१९ रुपैयाँ ९६ पैसा | 
माछापुच्छ्रे बैंक | 
२३ रुपैयाँ ९८ पैसा | 
२३ रुपैयाँ ८ पैसा | 
बैंक अफ काठमाण्डु | 
२२ रुपैयाँ १ पैसा | 
२४ रुपैयाँ ५० पैसा | 
प्रभु बैंक | 
२९ रुपैयाँ ७८ पैसा | 
१४ रुपैयाँ ४६ पैसा | 
मेगा बैंक | 
१७ रुपैयाँ २७ पैसा | 
१७ रुपैयाँ ४ पैसा | 
कुमारी बैंक | 
११ रुपैयाँ ७१ पैसा | 
२७ रुपैयाँ ४२ पैसा | 
सेन्चुरी कमर्सियल बैंक | 
८ रुपैयाँ २ पैसा | 
१४ रुपैयाँ ५६ पैसा | 
प्राइम कमर्सियल बैंक | 
२३ रुपैयाँ ४४ पैसा | 
३० रुपैयाँ ४५ पैसा | 
एनसीसी बैंक | 
२८ रुपैयाँ ३४ पैसा | 
२९ रुपैयाँ ८८ पैसा | 
सिभिल बैंक | 
६ रुपैयाँ ५२ पैसा | 
१० रुपैयाँ ७५ पैसा | 
जनता बैंक | 
९ रुपैयाँ १८ पैसा | 
१५ रुपैयाँ ७९ पैसा | 
source: 4th report of banks