अल्टिच्युड एयरबाट बाहिरिएका फुर्वा ग्याल्जेन शेर्पा हेली एभरेष्टमा भित्रिएका छन्।
शेर्पासहित तीनजना नयाँ लगानीकर्ता हेली एभरेष्टमा भित्रिएका हुन्। कम्पनीका अनुसार शेर्पासहित प्रनिश श्रेष्ठ, शोभित गौचन र राकेश बादेले हेली एभरेष्टको ३८ प्रतिशत सेयर किनेका छन्।
प्रशासनिक प्रक्रियामात्र बाँकी रहे पनि ग्याल्जेल व्यवस्थापकीय निर्णयमा सहभागी हुन थालिसकेका छन्।
हाल २ मात्र हेलिकप्टर भएको हेली एभरेष्टले लगानीकर्ता भित्रिएसँगै थप हेलिकप्टर किन्ने योजना बनाएको छ।