दक्षिण एशियाकै अग्रणी ई–कमर्स प्लेटफर्म दराजले आफ्नो लजिस्टिक इकाई दराज एक्सप्रेस (डिइएक्स) मार्फत नयाँ सेवा ‘लास्ट–माइल डेलिभरी सोलुशन’ सार्वजनिक गरेको छ।
यो सेवा दराज प्लेटफर्ममा नभएका ब्रान्ड र विक्रेताहरूका लागि छिटो, भरपर्दो र प्रविधिमुखी वितरण समाधानका रूपमा ल्याइएको हो।
दराज एक्सप्रेसले नेपालभरका व्यवसायहरूलाई सुरक्षित र विश्वासिलो वितरण सञ्जाल उपलब्ध गराउँदै उनीहरूलाई उत्पादनमा केन्द्रित रहँदै व्यवसाय विस्तार गर्न सहयोग गर्ने लक्ष्य लिएको छ।
कृत्रिम बुद्धिमत्ता (एआई) मा आधारित रुट–प्लानिङ र रियल–टाइम पार्सल ट्र्याकिङ प्रणालीमार्फत दराज एक्सप्रेसले स्थानीय अर्डर २४ घण्टाभित्र र अन्तर–सहर डेलिभरी ४८ घण्टाभित्र सम्पन्न गर्ने क्षमता राखेको छ।
औसत डेलिभरी समय १.५ दिनभन्दा कम र सफलता दर ९० प्रतिशतभन्दा माथि रहेको कम्पनीले जनाएको छ।
हाल दराज एक्सप्रेसले नेपालका १०८ सहरमा सेवा विस्तार गरिसकेको छ र आगामी ११.११ अभियानअघि थप ७० सहरमा सेवा विस्तार गर्ने योजना बनाएको छ।
यसले देशभर छिटो र भरपर्दो ई–कमर्स सेवा पुर्याउने प्रतिबद्धता दर्शाउँछ।
दराज एक्सप्रेसले विक्रेताका लागि साप्ताहिक रूपमा क्यास–अन–डेलिभरी रकम सेटलमेन्ट सुविधा, असफल डेलिभरीमा शुल्क नलाग्ने व्यवस्था र पारदर्शी वित्तीय व्यवस्थापन प्रदान गरेको छ।
दराज ग्रुपका मुख्य लजिस्टिक अधिकृत अहमद तनवीरका अनुसार, ‘दराज एक्सप्रेसले दक्षिण एसियाभर ‘लास्ट–माइल डेलिभरी’ प्रणालीलाई पुनःपरिभाषित गर्दै सरल, छिटो र तथ्याङ्क–आधारित सेवा उपलब्ध गराउँदैछ।’
दराज एक्सप्रेसले यस माध्यमबाट नेपालका ब्रान्ड र विक्रेतालाई व्यापक बजार पहुँच, सहज व्यवसाय सञ्चालन र सुदृढ ई–कमर्स इकोसिस्टम निर्माणमा सहयोग गर्ने लक्ष्य लिएको छ।