Ncell
Samsung banner
Samsung banner
Setopati बजार अर्थतन्त्र
Subscribe Setopati
मंगलबार, फागुन १२, २०८२ युनिकोड ENEnglish
  • Setopati गृहपृष्ठ
  • कभर स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • नेपाली ब्रान्ड
  • विचार
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • प्रिमियम स्टोरी
  • अर्थनीति
  • बैंक/बिमा/स्टक
  • पर्यटन/उड्डयन
  • ऊर्जा/पूर्वाधार
  • श्रम/रोजगार
  • अटोमोबायल्स/यातायात
  • व्यवसाय
  • निर्माण सामग्री/घर आवास
  • सूचना प्रविधि
  • फेसन/गरगहना
  • कृषि
  • घरायसी सामग्री
  • अन्य
  • एड्भर्टोरियल
Royal
Royal

कसरी बनाइन्छ बजेट?

Nmb
Nmb
सेतोपाटी संवाददाता

सेतोपाटी संवाददाता

gibl
gibl
gibl
gibl
Tata box 1
Tata box 1

यतिबेला सरकार आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट निर्माणमा व्यस्त भएको छ भने संवैधानिक व्यवस्थाअनुसार जेठ १५ मा नयाँ बजेट ल्याउनका लागि उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मन्त्रालय छलफल थालिसकेका छन्।

मन्त्रालयगत छलफलपछि अबको केही दिनमै संसदमा प्रि–बजेट छलफल चल्नेछ।

सबैको चासो नयाँ बजेटमा भइरहँदा आखिर बजेट भनेको के हो, कसरी बनाइन्छ र यो किन ल्याइन्छ? यसबारे आम नागरिकले बुझ्न जरूरी छ। सामान्यतया बजेट भनेको आय र व्ययको लिखित दस्तावेज हो। यसले आम्दानी कति गर्ने र खर्च कति गर्ने भन्ने निक्र्यौल गर्छ। 

बजेट आफैमा एउटा चक्र पनि हो। बजेटको लक्ष्य तथा उद्देश्यहरू निर्धारण गरेर, पुराना सूचनाहरू विश्लेषण गरेर बजेटको तयारी सुरू हुन्छ। बजेट निर्माणको काम मंसिरबाट नै सुरू हुने गरेको छ। 

सरकारले बजेट निर्माण थाल्दा तल्लो तहबाट योजना तथा कार्यक्रमहरू माग्छ। खासगरी जिल्लादेखि नै सरकारी संयन्त्रहरूले योजनाहरू पठाउँछन्। ती योजना विभाग हुँदै मन्त्रालयमा प्राप्त भएपछि नयाँ योजनाहरूलाई प्रोजेक्ट बैंकमा दर्ता गरिन्छ।

प्रोजेक्ट बैंकमा दर्ता भएका योजनालाई प्राथमिकताका आधारमा बजेटमा समावेश गरिन्छ। बजेटमा समावेश आयोजना तथा कार्यक्रमहरूलाई पि–१, पि–२, पि–३ मा वर्गीकरण गरिन्छ र प्राथमिकताका आधारमा बजेट विनियोजन गरिएको हुन्छ। 

न्युज एजेन्सी नेपालसँगको कुराकानीमा अर्थ मन्त्रालयका सहसचिव श्यामप्रसाद भण्डारीका अनुसार यसले पहुँचका आधारमा सिधै बजेटमा साना तथा खुद्रे योजना तथा कार्यक्रम पार्ने पुरानो प्रवृत्तिलाई केही निरूत्साहित गरेको छ।

Premier
Laxmi bank
Premier
Laxmi bank

खासगरी पहिले, नयाँ बजेट सरकारले ल्याउन थाल्दा आफ्ना खुद्रे योजना तथा कार्यक्रममा बजेट पार्न उच्च पदस्थ व्यक्ति, सांसदहरूको हानथापै अलि बढी नै हुने गर्थ्यो। अहिले त्यो केही निरूत्साहित भएको छ। 

संघीयता नेपालमा आएपछि जेठ १५ मा संघीय सरकारले बजेट ल्याएपछि प्रदेश सरकारले र प्रदेश सरकारले ल्याएपछि स्थानीय सरकारले बजेट ल्याउने गरेका छन्।

Ncell
Ncell

बजेट निर्माण गर्दै गर्दा जनताका मौलिक हकलाई पनि प्राथमिकतामा राख्नुपर्छ। संघीय गणतन्त्र नेपालको संविधानमा ३२ ओटा मौलिक हक तथा अधिकारहरू रहेका छन्। ती अधिकारलाई सुनिश्चित गर्दै देश विकास गर्ने, उद्योग धन्दा फस्टाउने, स्वदेशमा नै रोजगारी निर्माण गर्ने खालको बजेट आवश्यक ठानिन्छ। बजेट निर्माण गर्दा अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग, सम्बन्धित मन्त्रालयहरूको सहभागिता रहने गर्दछ। बजेट निर्माण गर्दैगर्दा आर्थिक कार्यविधि ऐन, आर्थिक नियमावली, स्थानीय तहको सवालमा आर्थिक कार्यविधि सम्बन्धी नियमावली रहेका छन्। 

बजेट निर्माण गर्दा विभिन्न विधि प्रक्रिया भने पूरा गर्नैपर्ने हुन्छ। अर्थ मन्त्रालयले बनाउने भन्दैमा मन्त्रीले सिधै संघीय संसदमा पेस गर्ने चाहिँ होइन। बजेट निर्माणदेखि संसदमा पेस हुने अवधिसम्मको आफ्नो छुट्टै विधि र प्रक्रिया हुन्छ, त्यसअनुसार अघि बढ्नुपर्ने हुन्छ। राष्ट्रिय योजना आयोगले सरकारलाई फागुन ७ भित्रमा सिलिङ दिएको हुन्छ। त्यही सिलिङमा रहेर बजेट निर्माणको तयारी थालिन्छ। 

योजना आयोगले विभिन्न योजनाको विषयमा मन्त्रालयहरूलाई जानकारी गराउने, कुन आयोजनालाई कसरी, कति स्थान दिने भन्ने योजना समेत पेस गर्छ। बजेट निर्माण गर्दा संकलन तर्जुमा फारम संकलन, टेबुलेशन तथा अध्ययन, बजेटको नीतिगत र कार्यक्रम माथिको राष्ट्रिय योजना आयोगका अधिकारीहरूसँग छलफल, मन्त्रालयमा बजेटका लागि आय तथा खर्चका विषयमा छलफलसँगै आर्थिक सर्वेक्षणको तयारी हुने गर्दछ। 

यस्तै, बजेटका लागि वैदेशिक प्राविधिक सहायता, बजेट सुझाव संकलन पनि हुने गर्दछ। सरोकारवाला निकायले विभिन्न माध्यमबाट सुझाव दिने काम गर्दछन्।

बजेट आउनु अघि सरकारले बजेटका प्राथमिकता र सिद्धान्त संसद्मा पेस गरिसकेको हुन्छ, अहिले त्यही प्रक्रिया अनुसार बजेट अधिवेशन चलिरहेको छ र यो अन्तिम चरणमा छ। संसद्मा सांसद्हरूले बजेटमा दिने सुझाव अर्थमन्त्रीले नयाँ बजेटमा समेट्नुपर्ने हुन्छ।

प्राथमिकता र सिद्धान्तमाथिको छलफल सकिएपछि सरकारले नयाँ आवका लागि ल्याउने नीति तथा कार्यक्रम संसद्मा ल्याउनुपर्ने हुन्छ, त्यस्तो कार्यक्रम राष्ट्रपतीले संसद्मा प्रश्तुत गर्ने प्रचलन नेपालमा चल्दै आएको छ। त्यसपछि संसद्मा पूर्वबजेट प्रस्तुतिको तयारी गरिन्छ र मन्त्रालयको लक्ष्य तथा प्रगति विवरणको अन्तिम मस्यौदा तयार पारिन्छ। सँगै विभिन्न संस्थानको प्रगति विवरणको अन्तिम मस्यौदा तयार पारिन्छ।

राजस्व परामर्श समितिको प्रतिवेदन अध्ययन गरिन्छ भने वैदेशिक सहायता संलग्न आयोजनाको अध्ययन गरिन्छ। अर्थ मन्त्रालयले आर्थिक सर्वेक्षण तयार पार्ने काम गर्छ। व्यय अनुमान र शिर्षकगत खर्च अनुमानको मस्यौदा पनि तयारी पारिन्छ। यसैगरी व्यय अनुमानको प्रारम्भिक मस्यौदा तयारी, त्रिवर्षीय खर्चको आंकलन गरिन्छ। 

अर्थ मन्त्रालयले आर्थिक विधेयकहरूको अनुसूचीको मस्यौदा तयार पार्नुका साथै वैदेशिक सहायता संलग्न आयोजनाहरूको स्रोत पुस्तिका तयार पर्ने, बजेट वक्तव्यको प्रारम्भिक मस्यौदा तयार पार्ने, संस्थानको प्रगति विवरण सार्वजनिक गर्ने, आर्थिक सर्वेक्षण सार्वजनिक गर्ने काम गरिन्छ। 

विनियोजन विधेयक, राष्ट्र ऋण उठाउने विधेयक, ऋण तथा जमानत विधेयक, आर्थिक विधेयक र पेस्की खर्च विधेयक पनि यही समयमा तयार गरिन्छ। राजस्व अनुमान, कार्यक्रम  तय गरेर अर्थ मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र राष्ट्रपतिलाई बजेटको बारेमा जानकारी गराएपछि बजेटले अन्तिम रूप पाउन थाल्छ। बजेट बनेपछि अर्थमन्त्रीले उक्त बजेटको विषयमा राष्ट्रिय योजना आयोग र मन्त्रिपरिषद्बाट पनि ब्रिफिङ गर्नुपर्छ। मन्त्रिपरिषद्बाट अनुमोदन भएपछि राष्ट्रपतिलाई नयाँ बजेटबारे जानकारी गराइन्छ र संघीय संसदमा जेठ १५ गते बजेट वक्तव्य प्रस्तुत गरिन्छ।

उक्त बजेट संसदमा छलफलमा आउँछ र संसदबाट बहुमतले पारित गर्ने प्रचलन नेपालमा छ। बजेट पारित नभए त्यो कार्यान्वयनमा जान सक्दैन भने पास भएमा अर्को महिनाको साउन १ गतेबाट कार्यान्वयनमा आउँछ। नेपालमा नयाँ संविधान आउनुअघि असार ३० मा बजेट ल्याउने प्रचलन थियो। 

अन्तरिम संविधान खारेज भएर नयाँ संविधान संविधान सभाबाट जारी भएसँगै समयमै बजेट खर्च गर्नेगरी १५ जेठमा बजेट ल्याउने प्रचलन सुरू थियो। —न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: शनिबार, फागुन २४, २०८१  १८:४८
सिफारिस
हरेक बुथमा ३० जना रहने गरी भोलेन्टियर फोर्स निर्माण गर्न ओलीको निर्देशन
हरेक बुथमा ३० जना रहने गरी भोलेन्टियर फोर्स निर्माण गर्न ओलीको निर्देशन
जब सहर सुत्छ, उनी उठेर हेर्न थाल्छन् म्युजिक भिडिओ
जब सहर सुत्छ, उनी उठेर हेर्न थाल्छन् म्युजिक भिडिओ
चोट लागेको सात हप्तासम्म पनि साम्बाको भएन शल्यक्रिया
चोट लागेको सात हप्तासम्म पनि साम्बाको भएन शल्यक्रिया
'दिनको १२ घन्टा, महिनाको ३० दिन काम गर्नुपर्छ, भने अनुसार तलब पनि पाइँदैन'
'दिनको १२ घन्टा, महिनाको ३० दिन काम गर्नुपर्छ, भने अनुसार तलब पनि पाइँदैन'
धाप ड्यामको मुन्तिर झनै ठूलो जलाशय निर्माणको तयारी तीव्र
धाप ड्यामको मुन्तिर झनै ठूलो जलाशय निर्माणको तयारी तीव्र
२५ वर्षीया सृष्टि अस्ट्रेलियामा हाँकिरहेकी छन् आफ्नै कम्पनी
२५ वर्षीया सृष्टि अस्ट्रेलियामा हाँकिरहेकी छन् आफ्नै कम्पनी
दर्शकको मन छुने सुपरहिट कमेडी फिल्म, हेर्नुस् युट्युबमा
दर्शकको मन छुने सुपरहिट कमेडी फिल्म, हेर्नुस् युट्युबमा
क्रिकेटमा पुरिँदै 'ठूला' र 'साना' टोलीबीचको दूरी
क्रिकेटमा पुरिँदै 'ठूला' र 'साना' टोलीबीचको दूरी
टी-२० विश्वकपबाट नेपालले के सिक्यो, के सुधार गर्नुपर्छ?
टी-२० विश्वकपबाट नेपालले के सिक्यो, के सुधार गर्नुपर्छ?
Arghakhachi
Arghakhachi
Ntc
Ntc
vianet Below Content Banner 2
vianet Below Content Banner 2
classic teach banner 4
classic teach banner 4
प्रतिक्रिया दिनुहोस्
थप

बजार अर्थतन्त्र

१० प्रतिशत इथानोल मिश्रण गर्दा वार्षिक ६ अर्ब बराबर बचाउन सकिन्छ- उद्योगमन्त्री सिन्हा
चुनावी घोषणापत्रको ‘लागत मूल्य’
कति पुग्यो अमेरिकी र अस्ट्रेलियन डलरको भाउ?
आइएमएफसँग विस्तारित ऋण सुविधा अन्तर्गत सातौं समीक्षामा सहमति, नेपालले साढे ६ अर्ब पाउने
माघ महिनामा एक खर्ब ८४ अर्बको आयात, २६ अर्बको निर्यात
के दलहरूले भनेजस्तो पाँच वर्षमा अर्थतन्त्रको आकार दोब्बर बढ्न सम्भव छ?
ime money transfer
ime money transfer

विचार

 शिवजी श्रेष्ठ
प्रहरीलाई ब्रिफिङ मात्र दिने कि, स्रोतसाधन पनि दिने?  शिवजी श्रेष्ठ
नारायण वाग्ले
प्रश्न बालेनलाई होइन, हामी आफैलाई गर्ने हो! नारायण वाग्ले
मञ्जित ढकाल
निर्वाचन घोषणापत्रमा जलवायु परिवर्तन मञ्जित ढकाल
चेतनाथ आचार्य
विश्वलाई चकित बनाउने चिनियाँ अर्थतन्त्र! चेतनाथ आचार्य
garima bikash bank
garima bikash bank

ब्लग

पवित्रा घिमिरे
के महिलाहरू घरमा बस्दैमा आत्मनिर्भर हुँदैनन् त? पवित्रा घिमिरे
National life inner
National life inner
दाताराम कार्की
सुरक्षाकर्मीप्रतिको नागरिक दृष्टिकोण! दाताराम कार्की
गौतम श्रेष्ठ
गैंडा त हात्तीसँग डराउँदो रहेछ! गौतम श्रेष्ठ
डा. हिमाल खनाल
युरिक एसिड: स्वास्थ्य समस्या मात्र कि शरीरको सुरक्षा कवच पनि? डा. हिमाल खनाल
mukti
mukti

साहित्यपाटी

नरेन्द्रनाथ भट्टराई
समय आगो हो! नरेन्द्रनाथ भट्टराई
Hardik
Hardik
युवराज आचार्य
म सोच्छु! युवराज आचार्य
side bar 17- shivam inner
side bar 17- shivam inner
ढाकामोहन बराल
फरक तर उस्तै उस्तै! ढाकामोहन बराल
मोहन थापा
'यो सहरले मान्छे खाँदोरहेछ!' मोहन थापा

केटाकेटीका कुरा

संस्कृत आचार्य
मलाई मन परेका पाँच किताब! संस्कृत आचार्य
यूदाइ उ राउत
मेरो लमजुङ यात्रा! यूदाइ उ राउत
शुभानी ढुंगेल
जापानको रहस्यमय यात्रा! शुभानी ढुंगेल
प्रस्ताव घिमिरे
वातावरण जोगाऔँ! प्रस्ताव घिमिरे

पाठक विचार

सिएमसी नेपाल
सिएमसीको खण्डन पत्र सिएमसी नेपाल
महिमानसिंह विष्‍ट
सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टको खण्डन–पत्र महिमानसिंह विष्‍ट
चेतराज जोशी
युवाको आँखामा वनस्पति र पर्यावरण! चेतराज जोशी
प्रकाश विक
फर्किएका खाली हातहरू… प्रकाश विक

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 setopati@gmail.com
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2026 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP