मिठाइ शोरुम स्वस्तिक स्वीट्स एण्ड स्न्याक्स्ले दशैं, तिहार तथा छठकोअवसरमा आयोजना गरेको उपहार योजनाको नतिजा ‘लक्की ड्र’मार्फत घोषणा गरेको छ ।
बुधबार स्वीट्ले आफ्नै शोरुममा ग्राहककाबीच ‘लक्की ड्र’को कार्यक्रम आयोजना गरी ग्राहकहरुकै हातबाट विजेताहरुको छनौट गरेको थियो। जसमा बम्पर उपहार दियो स्कूटर टेकुस्थित गोयल मेटल इन्डस्ट्री प्राप्त गरेको छ।
पहिलो उपहार ४३ इन्च स्याम्सँग स्मार्ट टिभी मखनटोलका संजय अग्रवालले प्राप्त गरे।
त्यसैगरी, दोश्रो उपहार एलजी वासिङ मेसिन पुरानो बानेश्वरका रामहरी अर्याल, तेश्रो उपहार भिडियोकन रेफ्रिजेरेटर डल्लूका उमेश कुमारले जितेका छन्। साथै अन्य धेरै ग्राहकहरुले सान्त्वना उपहारहरु जितेका छन्।
आफ्ना ग्राहकहरुको हितका लागी भविष्यमा अझै बढी सहुलियत तथा यस किसिमको योजना ल्याउने कम्पनीका कार्यकारी निर्देशक श्रवण घिराइयाले बताए।