Ncell
Samsung banner
Samsung banner
Setopati साहित्यपाटी
Subscribe Setopati
बिहीबार, वैशाख ३१, २०८३ युनिकोड ENEnglish
  • Setopati गृहपृष्ठ
  • कभर स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • नेपाली ब्रान्ड
  • विचार
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • प्रिमियम स्टोरी

बेड नम्बर १५ 

दीपशिखा अर्याल

दीपशिखा अर्याल

gibl
gibl
gibl
gibl
Tata box 1
Tata box 1

बेड नम्बर १५

मलाई को, कतिले प्रेम गर्छन् भन्न सक्दिनँ। तर मैले यो संसारमा प्रेम गर्ने मान्छे धेरै छन्। मेरो पहिलो प्रेम आमा-बुवा। र, म कान्छी छोरी भए नि मेरो बुवाआमाको भने पहिलो प्रेम नै होला। अरूको माया बाँडिए नि मलाई थाहा छ मेरा आमा-बुवाको प्रेम बाँडिदैन।

हो आज प्रेम दिवस, मैले प्रेम गर्ने चिजको लिस्ट। मेरा दिदीहरू, घर परिवार, साथीभाइ, म सजीव वस्तुलाई  मात्र हैन निर्जीव वस्तुलाई नि एकदमै माया गर्छु।

मेरो टेबुलमा टन्न सजिएर बसेका किताबहरू, मेरा मनपर्ने लुगा, मेरा सिरक, ब्लांकेट, कप। सबै र तिमी, अनि म आफैं।

अनि यो ६ महिनादेखि सुतेको बेड...

२ वर्ष अगाडि ठ्याक्कै आजकै दिन थियो जब मैले तिमीलाई पहिलो चोटि देखेको थिएँ तर मेरो सपनामा।

बिहान उठ्दा वामीमा गर्मी बढाउन पर्ने पानी परिराखेको थियो। देखेको सपनीमा भए नि लाग्थ्यो तिमी मेरो यतैकतै नजिकै छौ।

तिम्रो त्यो छिर्केमिर्के कालो-कालो अनुहार, हाँसी राख्ने बानी, नबोल्ने बानी। 

ओहो! सपनाबाट बाहिर निस्कनै मन लागेन तर के गर्नु! जागिर खाएसी नुनको सोझो गर्नैपर्ने। गएँ उही समाचार वाचन गर्न। 

Ncell
Ncell

नमस्कार म दिपशिखा अर्याल। अब  सुरू गर्छु आजका मुख्य मुख्य समाचारहरूबाट।

द्वन्द्वकालका द्वन्द्व पीडितलाई आएको पैसामा ठूलो घोटाला। विचौलियाहरूले समयमा पैसा नदिएको भन्दै मोरङका कृषकहरू आन्दोलित।

उफ्फ्स्! कति वाचन गर्नु जहिले यस्तै समाचार! आज म आफैंमा हराउन चाहन्छु। ममा, तिमीमा अनि मेरो सपनामा... 

आजको जागिर पाक्यो, ५ बज्यो। सधैंजस्तै शिला आई ‘ओइ केटी जाम अब’ भन्दै।

अनि सुन् न ‘छाता बोकेकी छेस तैंले?  बाहिर त पानी परेछ नि’।

‘अ अ... बोकेकी छु ल हिँड,’ भन्दै हामी माथिल्लो बाटोबाट जान लागेम पल्टार।

महेन्द्र माविको अगाडि के पुगेको थिएँ म आकाशबाट खसेको जस्ती भएँ। हात खुट्टा लुलो भए। मनमा ढुकढुकी बढ्यो। छाताको पोजिसन बिग्रेर शरीरमा पानीले भिजेकोसम्म थाहा पाइनँ।

मैले मेरो सपनाको तिमीलाई देखें। विश्वास नै लागेन। तिमी त त्यै सपनाकै हरियो अनि कालो ज्याकेटमा ढुंगामा बसेर जुत्ताको तुना पो बान्दै थियौ। 

म झसंग भएँ। के यस्तो हुन्छ? कति निष्ठुरी है तिमी त, एकचोटि टाउकोमाथि गरेर नि मलाई हेरेनौ? म भने टाउको घुमाइघुमाइ हेर्दा दुखिसक्यो।

घर पुगेसी मनमा अनेकौं कुराहरू आए। मनमनै खुसी नि भए आज भगवानले मेरो लागि पठाइदेको  भ्यालेन्टाइन  गिफ्ट होला। मुसुमुसु हाँसें पनि।

तिमीलाई सोच्दा सोच्दै म निदाएछु। बिहान उठ्दा के सपना देखें याद छैन तर सपनामा तिमीलाई नै देखेजस्तो लाग्छ।

मेरो बिहान सधैंजस्तै चल्यो फेरि त्यही- नमस्ते म दिपशिखा अर्याल, सुन्नुहोस आजका मुख्यमुख्य समाचारहरूबाट।

५ बज्यो शिला आई। मनमा सोच्दै थिएँ को थियौ होला तिमी? कहाँबाट आयौ होला। फेरि आज नि त्यही ठाउँमा जुत्ताकै तुना बानेको देखें।

ओ माई गड, ह्वाट अ कोइन्सिडेन्ट! आज नि मैले फर्की-फर्की हेरें तर तिमी त्यही जुत्ता हेर्दै बस। म त कता हराएछु कता। शिलाको कुरा सुनिराखेको जस्तै  आ.. अ.. उम्म.. भन्दै बसें।

घर पुगें, फेरि सोचें- को होला है तिमी? किन आएको होला है वामी? 

आमाले खाना पस्किदिनुभो खाएँ तर के खाए भन्नू, तिमीलाई हरेक गाँस खाँदा मेरै अगाडि पिर्कामा बसेको देखें। सोचें सायद लभ परेसी यस्तै हुन्छ। फेरि हासें। त्यो नि  एक्लै।

१६ फेब्रुअरी, आज त समाचारभन्दा रेडियो स्टेसनमै तिमी आयौ। म अक्कवक्क भएँ, बोल्नै सकिनँ। सँगै बसी केटाको आवाजमा समाचार भन्ने दिपकले कुइनोले हानेसी म झसंग भएँ। फेरि हेर्दा तिमी त्यहाँ छैनौ। कहाँ गयौ तिमी भर्खरको भर्खर। अब मेरो मन झनै आत्तिन  लाग्यो। आखिर  को हो तिमी? किन म जहाँ जान्छु त्यही आएको? किन बोल्दैनौ मसँग?

२५ फेब्रुअरी त्यो दिन त तिमी मेरो घरभित्रै आयौ।

घरमा आमा बुवाको डरले केही बोल्न सकिनँ। सोध्नपर्ने कुराहरू धेरै थियो तर... तिमी भने मेरोपछि मात्र लाग्छौ, बोल्दै बोल्दैनौ। खोइ किन हो कुन्नि, घरभित्र आएको तिमीसँग नि आमाबुवा बोल्नु भएन। 

एक महिना भैसक्यो अब त तिमी धेरै ठाउँमा आउन लगिसक्यौ। तिमीसँग बोल्दा सबैले मलाई हेरी हाँस्छन् तर तिमी अहँ कहिले केही बोलेनौ। 

अब त अति भो भनि शिलालाई भनें एकदिन यो सबै। उसले भोलि तिमीलाई हेर्ने अनि मेरो मनको कुरा भन्दिने भनि। मन अलि शान्त भयो। अब भोलिको प्रतीक्षा…

तर अचम्म के भयो भने भोलि तिमी आयौ, म बोलें तर शिलाले  तिमीलाई देखिने रे।

दिनहरू चल्दै थिए। अब त तिमीलाई माया र गाली गर्दै बोल्दै हिँड्ने भएकी थिएँ म। बाटोमा सबै मलाई हेर्दै हाँस्थे।

आमा बुवाले नि थाहा पाइसक्नु भयो यो सबै। गाउँमा सबैले यसको लभ पर्यो अनि मायामा पागल भई भन्ने गर्थे। प्रेम दिवसकै दिनबाट एउटा प्रेमी पागल भई भन्न लागे सबैले मलाई।

तर मलाई के भैराखेको छ त्यो कसैले बुझ्न सकेनन्। अन्तत: सबैको सुझाव अनुसार मलाई कसैले नचिन्ने ठाउँ गल्कोटमा मेरो बिहे भयो।

बिहे पनि कस्तो प्रेम दिवसकै दिन गर्देका त... उफ्फ्फ्स!

बिहे हुँदैमा मायाले मलाई छोड्ने कहाँ हो र ? तिमी त गल्कोट नि त्यही हरियो र कालो ज्याकेटमै पो आयौ त। 

माइत गएको बेला तिमी गल्कोट आएको कुरा आमालाई भनें। आमा रिसाउँदै भन्नुभो- 'कुन चाहिँ मर्न नसकेको कुकुर हो। सक्छस् भने मेरो आगाडि आइज।' अहँ तर आमासँग तिमी गएनौ है।

मलाई धामी, झाँक्री, लामा कसकोमा लगिएन होला र! कुचो,बेलना सबैले पिटाइ खाएँ। बोका, कुखुरा सबै चढाइयो।  अह ..अह तर तिमी त जानै मानेनौ।

आज फेरि १४ फेब्रुअरी...

म अहिले विगत ६ महिनादेखि माया बसेको बेडमा छु। म सँगै मेरो आमा बुवा हुनुहुन्छ तर तिमी छैनौ। मिस्टर ब्ल्याक एण्ड ग्रीन।  तिमी अब हुने नि कसरी भयौ त तिमीलाई भगाउने औषधि जो खाएकी छु।

हो, म अहिले बेड नम्बर १५ साइक्याट्रिक वार्डमा जो छु।

बिहान राउण्डमा आएको डाक्टरले  आफ्नो विद्यार्थीलाई पढाएको सुनेको थिएँ - इट्स अ केस अफ अडिटोरी एण्ड भिजुअल ह्यालुसिनेसन!

प्रकाशित मिति: आइतबार, फागुन २, २०७७  १२:०२
सिफारिस
सुकुम्बासीसँग राज्यले गरेको बाचा तोड्न पाइँदैन
सुकुम्बासीसँग राज्यले गरेको बाचा तोड्न पाइँदैन
इचंगु अपार्टमेन्टमा राखिएका सुकुम्बासी भन्छन्– साँघुरो कोठामा थुनियो, न ओढ्नी-ओछ्याउनी न पानी
इचंगु अपार्टमेन्टमा राखिएका सुकुम्बासी भन्छन्– साँघुरो कोठामा थुनियो, न ओढ्नी-ओछ्याउनी न पानी
सेयर बजार घट्दा किन गर्ने सामूहिक कोषमा लगानी?
सेयर बजार घट्दा किन गर्ने सामूहिक कोषमा लगानी?
कांग्रेसमा मेलमिलाप?
कांग्रेसमा मेलमिलाप?
सरकार गृहमन्त्री खोई?
सरकार गृहमन्त्री खोई?
अमेरिकाको बैंकमा इन्जिनियर छन्, फेसबुकबाट पैसा कमाउन पनि सिकाउँछन्
अमेरिकाको बैंकमा इन्जिनियर छन्, फेसबुकबाट पैसा कमाउन पनि सिकाउँछन्
मैमत्त प्रधानमन्त्री!
मैमत्त प्रधानमन्त्री!
विदेश पढेर फर्केका युवालाई प्रश्न– के भए विद्यार्थीलाई रोक्न सकिन्छ?
विदेश पढेर फर्केका युवालाई प्रश्न– के भए विद्यार्थीलाई रोक्न सकिन्छ?
कांग्रेस सांसदले सरकारको कामलाई हिटलरसँग दाँजेकोमा रास्वपा सांसदको नियमापत्ति*
कांग्रेस सांसदले सरकारको कामलाई हिटलरसँग दाँजेकोमा रास्वपा सांसदको नियमापत्ति*
vianet Below Content Banner 2
vianet Below Content Banner 2
classic teach banner 4
classic teach banner 4
थप

साहित्यपाटी

मौन धरणी!
श्रद्धाको फूल!
कलियुगमा...
हावाको पातसँग प्रेम छ!
पख म देश बनाउँछु!
म यही सहरको श्रमिक हुँ!

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 setopati@gmail.com
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2026 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP