Ncell
Nic asia bank
Nic asia bank
Setopati साहित्यपाटी
Subscribe Setopati
सोमबार, मंसिर २९, २०८२ युनिकोड ENEnglish
  • Setopati गृहपृष्ठ
  • कभर स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • नेपाली ब्रान्ड
  • विचार
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • प्रिमियम स्टोरी
Royal
Royal

बेड नम्बर १५ 

दीपशिखा अर्याल

दीपशिखा अर्याल

gibl
gibl
gibl
gibl
Tata box 1
Tata box 1

बेड नम्बर १५

मलाई को, कतिले प्रेम गर्छन् भन्न सक्दिनँ। तर मैले यो संसारमा प्रेम गर्ने मान्छे धेरै छन्। मेरो पहिलो प्रेम आमा-बुवा। र, म कान्छी छोरी भए नि मेरो बुवाआमाको भने पहिलो प्रेम नै होला। अरूको माया बाँडिए नि मलाई थाहा छ मेरा आमा-बुवाको प्रेम बाँडिदैन।

हो आज प्रेम दिवस, मैले प्रेम गर्ने चिजको लिस्ट। मेरा दिदीहरू, घर परिवार, साथीभाइ, म सजीव वस्तुलाई  मात्र हैन निर्जीव वस्तुलाई नि एकदमै माया गर्छु।

मेरो टेबुलमा टन्न सजिएर बसेका किताबहरू, मेरा मनपर्ने लुगा, मेरा सिरक, ब्लांकेट, कप। सबै र तिमी, अनि म आफैं।

अनि यो ६ महिनादेखि सुतेको बेड...

२ वर्ष अगाडि ठ्याक्कै आजकै दिन थियो जब मैले तिमीलाई पहिलो चोटि देखेको थिएँ तर मेरो सपनामा।

बिहान उठ्दा वामीमा गर्मी बढाउन पर्ने पानी परिराखेको थियो। देखेको सपनीमा भए नि लाग्थ्यो तिमी मेरो यतैकतै नजिकै छौ।

Laxmi bank
Laxmi bank

तिम्रो त्यो छिर्केमिर्के कालो-कालो अनुहार, हाँसी राख्ने बानी, नबोल्ने बानी। 

ओहो! सपनाबाट बाहिर निस्कनै मन लागेन तर के गर्नु! जागिर खाएसी नुनको सोझो गर्नैपर्ने। गएँ उही समाचार वाचन गर्न। 

Ncell
Ncell

नमस्कार म दिपशिखा अर्याल। अब  सुरू गर्छु आजका मुख्य मुख्य समाचारहरूबाट।

द्वन्द्वकालका द्वन्द्व पीडितलाई आएको पैसामा ठूलो घोटाला। विचौलियाहरूले समयमा पैसा नदिएको भन्दै मोरङका कृषकहरू आन्दोलित।

उफ्फ्स्! कति वाचन गर्नु जहिले यस्तै समाचार! आज म आफैंमा हराउन चाहन्छु। ममा, तिमीमा अनि मेरो सपनामा... 

आजको जागिर पाक्यो, ५ बज्यो। सधैंजस्तै शिला आई ‘ओइ केटी जाम अब’ भन्दै।

अनि सुन् न ‘छाता बोकेकी छेस तैंले?  बाहिर त पानी परेछ नि’।

‘अ अ... बोकेकी छु ल हिँड,’ भन्दै हामी माथिल्लो बाटोबाट जान लागेम पल्टार।

महेन्द्र माविको अगाडि के पुगेको थिएँ म आकाशबाट खसेको जस्ती भएँ। हात खुट्टा लुलो भए। मनमा ढुकढुकी बढ्यो। छाताको पोजिसन बिग्रेर शरीरमा पानीले भिजेकोसम्म थाहा पाइनँ।

मैले मेरो सपनाको तिमीलाई देखें। विश्वास नै लागेन। तिमी त त्यै सपनाकै हरियो अनि कालो ज्याकेटमा ढुंगामा बसेर जुत्ताको तुना पो बान्दै थियौ। 

म झसंग भएँ। के यस्तो हुन्छ? कति निष्ठुरी है तिमी त, एकचोटि टाउकोमाथि गरेर नि मलाई हेरेनौ? म भने टाउको घुमाइघुमाइ हेर्दा दुखिसक्यो।

घर पुगेसी मनमा अनेकौं कुराहरू आए। मनमनै खुसी नि भए आज भगवानले मेरो लागि पठाइदेको  भ्यालेन्टाइन  गिफ्ट होला। मुसुमुसु हाँसें पनि।

तिमीलाई सोच्दा सोच्दै म निदाएछु। बिहान उठ्दा के सपना देखें याद छैन तर सपनामा तिमीलाई नै देखेजस्तो लाग्छ।

मेरो बिहान सधैंजस्तै चल्यो फेरि त्यही- नमस्ते म दिपशिखा अर्याल, सुन्नुहोस आजका मुख्यमुख्य समाचारहरूबाट।

५ बज्यो शिला आई। मनमा सोच्दै थिएँ को थियौ होला तिमी? कहाँबाट आयौ होला। फेरि आज नि त्यही ठाउँमा जुत्ताकै तुना बानेको देखें।

ओ माई गड, ह्वाट अ कोइन्सिडेन्ट! आज नि मैले फर्की-फर्की हेरें तर तिमी त्यही जुत्ता हेर्दै बस। म त कता हराएछु कता। शिलाको कुरा सुनिराखेको जस्तै  आ.. अ.. उम्म.. भन्दै बसें।

घर पुगें, फेरि सोचें- को होला है तिमी? किन आएको होला है वामी? 

आमाले खाना पस्किदिनुभो खाएँ तर के खाए भन्नू, तिमीलाई हरेक गाँस खाँदा मेरै अगाडि पिर्कामा बसेको देखें। सोचें सायद लभ परेसी यस्तै हुन्छ। फेरि हासें। त्यो नि  एक्लै।

१६ फेब्रुअरी, आज त समाचारभन्दा रेडियो स्टेसनमै तिमी आयौ। म अक्कवक्क भएँ, बोल्नै सकिनँ। सँगै बसी केटाको आवाजमा समाचार भन्ने दिपकले कुइनोले हानेसी म झसंग भएँ। फेरि हेर्दा तिमी त्यहाँ छैनौ। कहाँ गयौ तिमी भर्खरको भर्खर। अब मेरो मन झनै आत्तिन  लाग्यो। आखिर  को हो तिमी? किन म जहाँ जान्छु त्यही आएको? किन बोल्दैनौ मसँग?

२५ फेब्रुअरी त्यो दिन त तिमी मेरो घरभित्रै आयौ।

घरमा आमा बुवाको डरले केही बोल्न सकिनँ। सोध्नपर्ने कुराहरू धेरै थियो तर... तिमी भने मेरोपछि मात्र लाग्छौ, बोल्दै बोल्दैनौ। खोइ किन हो कुन्नि, घरभित्र आएको तिमीसँग नि आमाबुवा बोल्नु भएन। 

एक महिना भैसक्यो अब त तिमी धेरै ठाउँमा आउन लगिसक्यौ। तिमीसँग बोल्दा सबैले मलाई हेरी हाँस्छन् तर तिमी अहँ कहिले केही बोलेनौ। 

अब त अति भो भनि शिलालाई भनें एकदिन यो सबै। उसले भोलि तिमीलाई हेर्ने अनि मेरो मनको कुरा भन्दिने भनि। मन अलि शान्त भयो। अब भोलिको प्रतीक्षा…

तर अचम्म के भयो भने भोलि तिमी आयौ, म बोलें तर शिलाले  तिमीलाई देखिने रे।

दिनहरू चल्दै थिए। अब त तिमीलाई माया र गाली गर्दै बोल्दै हिँड्ने भएकी थिएँ म। बाटोमा सबै मलाई हेर्दै हाँस्थे।

आमा बुवाले नि थाहा पाइसक्नु भयो यो सबै। गाउँमा सबैले यसको लभ पर्यो अनि मायामा पागल भई भन्ने गर्थे। प्रेम दिवसकै दिनबाट एउटा प्रेमी पागल भई भन्न लागे सबैले मलाई।

तर मलाई के भैराखेको छ त्यो कसैले बुझ्न सकेनन्। अन्तत: सबैको सुझाव अनुसार मलाई कसैले नचिन्ने ठाउँ गल्कोटमा मेरो बिहे भयो।

बिहे पनि कस्तो प्रेम दिवसकै दिन गर्देका त... उफ्फ्फ्स!

बिहे हुँदैमा मायाले मलाई छोड्ने कहाँ हो र ? तिमी त गल्कोट नि त्यही हरियो र कालो ज्याकेटमै पो आयौ त। 

माइत गएको बेला तिमी गल्कोट आएको कुरा आमालाई भनें। आमा रिसाउँदै भन्नुभो- 'कुन चाहिँ मर्न नसकेको कुकुर हो। सक्छस् भने मेरो आगाडि आइज।' अहँ तर आमासँग तिमी गएनौ है।

मलाई धामी, झाँक्री, लामा कसकोमा लगिएन होला र! कुचो,बेलना सबैले पिटाइ खाएँ। बोका, कुखुरा सबै चढाइयो।  अह ..अह तर तिमी त जानै मानेनौ।

आज फेरि १४ फेब्रुअरी...

म अहिले विगत ६ महिनादेखि माया बसेको बेडमा छु। म सँगै मेरो आमा बुवा हुनुहुन्छ तर तिमी छैनौ। मिस्टर ब्ल्याक एण्ड ग्रीन।  तिमी अब हुने नि कसरी भयौ त तिमीलाई भगाउने औषधि जो खाएकी छु।

हो, म अहिले बेड नम्बर १५ साइक्याट्रिक वार्डमा जो छु।

बिहान राउण्डमा आएको डाक्टरले  आफ्नो विद्यार्थीलाई पढाएको सुनेको थिएँ - इट्स अ केस अफ अडिटोरी एण्ड भिजुअल ह्यालुसिनेसन!

प्रकाशित मिति: आइतबार, फागुन २, २०७७  १२:०२
सिफारिस
केपी ओली र ईश्वर पोखरेल समूहबाट पदाधिकारीमा क–कसको नाम लाग्यो टुंगो?
केपी ओली र ईश्वर पोखरेल समूहबाट पदाधिकारीमा क–कसको नाम लाग्यो टुंगो?
के चुनावको मिति फागुन २१ बाट पछाडि धकेल्न खोजिँदै छ?
के चुनावको मिति फागुन २१ बाट पछाडि धकेल्न खोजिँदै छ?
श्रीमतीको हत्या गरी शव गाडेपछि आफै गए हराएको निवेदन दिन प्रहरी कार्यालय
श्रीमतीको हत्या गरी शव गाडेपछि आफै गए हराएको निवेदन दिन प्रहरी कार्यालय
केपी ओली भर्सेस ईश्वर पोखरेल– निकटता र तिक्तताको कथा
केपी ओली भर्सेस ईश्वर पोखरेल– निकटता र तिक्तताको कथा
‍‍अपरेसन गर्ने बेला जब छोराले सम्झियो...
‍‍अपरेसन गर्ने बेला जब छोराले सम्झियो...
महाधिवेशन स्थल आउँदा ओलीलाई नेसनल भोलेन्टियर फोर्सको सुरक्षा (तस्बिरहरू)
महाधिवेशन स्थल आउँदा ओलीलाई नेसनल भोलेन्टियर फोर्सको सुरक्षा (तस्बिरहरू)
Ntc
Ntc
vianet Below Content Banner 2
vianet Below Content Banner 2
classic teach banner 4
classic teach banner 4
प्रतिक्रिया दिनुहोस्
थप

साहित्यपाटी

सपना हराएका गन्तव्यहरू!
मेरो आँखामा नेपाल!
जरुरी छैन तिमी सशरीर उपस्थित हुन!
मातृभाषा!
अनुपस्थितिको उपस्थिति!
प्रोफेसर निकोलाईको डायरी: नशा, नियत र नियति!
ime money transfer
ime money transfer

विचार

तुलानारायण साह र नित्यानन्द मण्डल
मधेसमा सत्ता राजनीतिको व्याकरण तुलानारायण साह र नित्यानन्द मण्डल
नारायण श्रेष्ठ
‍‍अपरेसन गर्ने बेला जब छोराले सम्झियो... नारायण श्रेष्ठ
किरणराज रिजाल
हात्ती किन जोगाउने? किरणराज रिजाल
केशव दाहाल
जेनजीहरू कतै मेरो भतिज जस्तै भ्रममा त छैनन्? केशव दाहाल
garima bikash bank
garima bikash bank
Air asia
Air asia
Everest bank
Everest bank

ब्लग

रमेश खड्का
संसारबाट बिदा भए पनि सम्झनामा रहिरहनु हुनेछ बाजे! रमेश खड्का
विप्लव पराजुली
लोक सेवामा असफलतादेखि सफलतासम्मको भुमरी! विप्लव पराजुली
वसन्त आचार्य
एलन मस्कलाई खाजा खुवाउने साथी! वसन्त आचार्य
अमर अधिकारी
मलाई अब सम्मान र पुरस्कार पुग्यो! अमर अधिकारी

साहित्यपाटी

सुरज खनाल
सपना हराएका गन्तव्यहरू! सुरज खनाल
Hardik
Hardik
Kamana
Kamana
प्रदिप सुबेदी
मेरो आँखामा नेपाल! प्रदिप सुबेदी
side bar 17- shivam inner
side bar 17- shivam inner
रविन न्यौपाने
जरुरी छैन तिमी सशरीर उपस्थित हुन! रविन न्यौपाने
हरि न्यौपाने (सुदिप)
मातृभाषा! हरि न्यौपाने (सुदिप)

केटाकेटीका कुरा

अनन्य राज सापकोटा
बन्ने नै छ नेपाल! अनन्य राज सापकोटा
अनुस्का सापकोटा
मेरी आमाको दुःख! अनुस्का सापकोटा
दिक्षिता केसी
गाउँ जाने दोस्रो बाटो! दिक्षिता केसी
साईना ढुंगेल
अहिल्यै सबै कुरा थाहा हुन जरुरी छैन! साईना ढुंगेल

पाठक विचार

महिमानसिंह विष्‍ट
सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टको खण्डन–पत्र महिमानसिंह विष्‍ट
चेतराज जोशी
युवाको आँखामा वनस्पति र पर्यावरण! चेतराज जोशी
प्रकाश विक
फर्किएका खाली हातहरू… प्रकाश विक
सन्दिप पराजुली
विदेशी नागरिकताको 'युद्ध जिते'पछि सामाजिक सञ्जालमा देशप्रेमको ज्वारभाटा! सन्दिप पराजुली

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 setopati@gmail.com
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2025 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP