रिटिक्क रसिलो
ह्यान्डसम हँसिलो
केही गज्जब लछार्ला जस्तो
सबैलाई पछार्ला जस्तो
छमछमी नाच्ला जस्तो
अहिले नै बोल्ला जस्तो
तर
परालको मन पोल्दै पोल्दैन
बुख्याचा ऊ बोल्दै बोल्दैन।
बोले बोले जस्तो लाग्छ
बोली अरू कसैको
नाचे नाचे झैँ लाग्छ
धागो अरू कसैको
अलौकिक असाधारण ऊ
जिउँदै हो कि जस्तो लाग्छ
तर
हो ऊ खरानी भुङ्ग्राको
कठपुतली ऊ झुम्राको।