रित्तो बोतल र खाली शिशाहरूले
सामुहिक आत्महत्या गरे।
ऊ परऽऽको एक कुनामा हेर त?
एक थुप्रो लासहरू जस्तै डंगुर लडिराछ।
चीत्कार
तिरस्कार
अपहेलना
बितृष्णा
निराशापन
सँगसँगै चिच्याई रहेका थिए बोतलको साहारा लिएर ।
गोरा~काला,
हँसिला~ अँध्यारा
कोमल ~हिंस्रक
साधारण ~असाधारण
धनाढ्य ~कंगाल
मान्छेहरु सोंचमग्न थिए सिगरेट्को धुवाँभित्रै हराएर ।
रित्तो मन र खाली दिमागहरूले
आउ अब सामुहिक प्रण गरौं ।
आजको रात मात्र एक अन्तिम रात्री भोज नबनोस् ।
यी सबै सबै अराजक मनहरुलाई गलहत्याएर निकालौं ।