नेपाली कांग्रेसको पदाधिकारी बैठक शनिबार पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको छ।
बरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासमेत सहभागी पदाधिकारी बैठक मंसीर १४ मा हुने उपनिर्वाचनमा केन्द्रीत रहेको हो।
प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार एकता र उत्साहसाथ उपनिर्वाचनमा होमिने निर्णय भएको छ।
‘बिजय अभियानमा एकता र उत्साह साथ सम्पूर्ण रूपले केन्द्रीत हुने निर्णय भएको छ,’ बैठकपछि शर्माले भने।
उम्मेदवार छान्ने बिषयमा किचलो भएपछि बुधबार बैठक छाडेर हिडेका पौडेल र सिटौला पनि शनिबार पदाधिकारी बैठकमा सहभागी हुन पुगेका हुन्।
प्रतिनिधिसभा र प्रदेशसभाका लागि चार ठाउँमा हुने चुनावमा देउवाले आफूलाई २ ठाउँ राखेर पौडेल र सिटौलालाई एकेक ठाउँमा उम्मेदवार छान्न दिएका थिए।
पौडैल र सिटौलाले कांग्रेसमा बेग्लै गुट चलाउँदै आएका छन्। आन्तरिक गुटका कारण पार्टी उम्मेदवारलाई असर नपरोस् भनेर कांग्रेसले एक भएर चुनावमा होमिने निर्णय गरेको हो।