नेकपा माओवादी केन्द्रले नेकपा एमालेको केन्द्रीय सदस्य पद स्वीकार गरेको भन्दै चार जना मन्त्रीलाई सांसद पदबाट हटाएको छ।
उक्त जानकारी संसदीय दलका नेताले संसद सचिवालयमा दिएका थिए।
चार सांसदलाई पार्टीबाट हटाइएको जानकारी प्राप्त भएको भन्दै सभामुख अग्निप्रसाद सापकोटाले आजको संसद बैठकमा नाम पढेर सुनाएका हुन्।
टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले अन्य दलको राजनीतिक गतिविधिमा संलग्न भएको देखिएको भन्दै माओवादी केन्द्रले सांसद हटाएको थियो।
सभामुख सापकोटाले माओवादी केन्द्रबाट चार सांसद रिक्त रहेको जानकारी आज संसद बैठकमा सुनाएका हुन्।