नेपाली कांग्रेसका नेता एवं काठमाडौं क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनबाट प्रतिनिधि सभा उम्मेदवार प्रकाशमान सिंहले काठमाडौंका सुकुम्बासीलाई हटाउन खोजेको भन्दै आपत्ति जनाएका छन्।
काठमाडौं महानगरपालिका ३१ जागृतीनगरको बस्तीमा आज बिहान आयोजित कार्यक्रममा बोल्दै सिंहले भूमि आयोगको प्रतिवेदनको सुझाव नआएसम्म सुकुम्बासीलाई हटाउन नहुने बताए।
बागमती किनारमा रहेका बस्ती हटाउन सूचना जारी भएकोमा पनि उनले आपत्ति जनाएका छन्। बागमती सभ्यता सर्वाधिकार सम्पन्न समितिले सुकुम्बासी बस्ती खाली गर्ने तयारी गरेको छ। उनले सुकुम्बासी समस्या समाधान गर्न सरकारले नीति बनाएर व्यवस्थित गर्नुपर्ने पनि बताए।