नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्दैछ।
बैठक बिहान साढे ९ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बस्न लागेको हो।
बैठकले राष्ट्रिय सभा उपाध्यक्ष उम्मेदवारको चयनका साथै समसामयिका विषयमा छलफल हुने बताइएको छ।
आगामी माघ २३ गते बस्ने राष्ट्रिय सभा बैठकबाट उपाध्यक्ष चयन गरिंदैछ। तत्कालीन उपाध्यक्ष शशीकला दाहालको कार्यकाल २०७८ फागुन २० गते सकिएको थियो।
प्रकाशित मिति: बिहीबार, माघ १९, २०७९, ०९:४३:००